आजदेखि सेवाग्राहीलाई आलोपालो सेवा

जिल्ला प्रशासन कार्यालय काभ्रेपलाञ्चोकले आजदेखि सेवाग्राहीलाई आलोपालो प्रणालीमा सेवा प्रदान गरेको छ । कोरोना भाइरस(कोभिड–१९) को प्रभावको कारण यसअघि निषेधाज्ञा जारी भएपछि सर्वसाधारणको लागि सेवा प्रवाह बन्द गरिएकोमा सङ्क्रमण दरमा कमी आएसँगै आजदेखि सेवाग्राहीको भीडभाड नहुने गरी अर्को व्यवस्था नभएसम्मको लागि बारअनुसार सेवा प्रदान गरेको हो ।          जिल्ला प्रशासन कार्यालय काभ्रेपलाञ्चोकले सोमबार सूचना जारी गर्दै सेवाग्राहीको चाप कम गर्ने गरी बारअनुसार सेवा दिन थालेको हो । जसअनुसार जिल्लाको १३ वटा स्थानीय तहमध्ये धुलिखेल नगरपालिका र तेमाल गाउँपालिकाका सेवाग्राहीलाई आइतबार, बनेपा नगरपालिका र महाभारत गाउँपालिकाका सेवाग्राहीलाई सोमबार, पाँचखाल नगरपालिका र चौरीदेउराली गाउँपालिकाका सेवाग्राहीलाई मङ्गलबार, मण्डनदेउपुर नगरपालिका र भुम्लु गाउँपालिकाका सेवाग्राहीलाई बुधबार, पनौती नगरपालिका, बेथानचोक गाउँपालिका र खानीखोला गाउँपालिकाका सेवाग्राहीलाई बिहीबार र नमोबुद्ध नगरपालिका र रोशी गाउँपालिकाका सेवाग्राहीलाई शुक्रबार सेवा दिने गरी व्यवस्था मिलाएको सहायक प्रमुख जिल्ला अधिकारी अमरदीप सुनुवारले बताउनुभयो ।

सम्बन्धित सामग्री

काभ्रेपलाञ्चोक प्रशासनद्वारा आजदेखि नियमित सेवा

जिल्ला प्रशासन कार्यालय काभ्रेपलाञ्चोकले आजदेखि निर्वाधरुपमा आफ्नो सेवा प्रदान गर्ने भएको छ । यसअघि कोरोना सङ्क्रमणको उच्च जोखिमका कारण आलोपालो सेवा प्रदान गर्दै आएको थियो ।  सोमबारदेखि स्थानीय तहगत आलोपालो प्रणाली हटाई दैनिक नियमित सेवा प्रदान गरिने भएकाले सेवाग्राहीलाई स्वास्थ्य मापदण्डको पूर्णपालना गर्न सहायक प्रमुख जिल्ला अधिकारी अमरदीप सुनारले सूचना जारी गरेका छन् ।यसैबीच काभ्रे कोरोनामुक्त भएको छ । दश दिनयताको परीक्षणका क्रममा कोही पनि व्यक्ति कोरोनाबाट सङ्क्रमित भएका छैनन् । कोहीमा प

काभ्रेपलान्चोक प्रशासनद्वारा आजदेखि नियमित सेवा

काभ्रेपलान्चोक । जिल्ला प्रशासन कार्यालय काभ्रेपलान्चोकले आजदेखि निर्वाधरुपमा आफ्नो सेवा प्रदान गर्ने भएको छ । यसअघि कोरोना सङ्क्रमणको उच्च जोखिमका कारण आलोपालो सेवा प्रदान गर्दै आएको थियो । सोमबारदेखि स्थानीय तहगत आलोपालो प्रणाली हटाई दैनिक नियमित सेवा प्रदान गरिने भएकाले सेवाग्राहीलाई स्वास्थ्य मापदण्डको पूर्ण पालना गर्न सहायक प्रमुख जिल्ला अधिकारी अमरदीप सुनारले सूचना जारी गरेका […]

तनहुँमा आलोपालो सेवा प्रणाली लागू हुँदै

तनहुँ– जिल्ला प्रशासन कार्यालय तनहुँले आजदेखि आलोपालो प्रणालीबाट सेवा प्रवाह गर्ने भएको छ । कोभिडको संक्रमण दिनानुदिन बढ्दै गइरहेको र कार्यालयमा खोप कार्डको व्यवस्था अनिवार्य गर्दा पनि भीड कम नभएपछि आलोपालो गरी सेवा प्रवाह गर्न लागिएको होे । सोमबार बसेको कोभिड व्यवस्थापन समितिको बैठकले गरेको निर्णय बमोजिम सेवाग्राहीलाई कार्यालयबाट प्रदान गरिने सेवा आलोपालो माध्यमबाट दिने […]

प्रशासनमा आलोपालो सेवा

जिल्ला प्रशासन कार्यालयले आजदेखि आलोपालो गरी सेवा प्रवाह गर्न लागेको छ । कोभिडको सङ्क्रमण दिनदिनै  बढ्दै गइरहेको र कार्यालयमा खोपकार्डको व्यवस्था अनिवार्य गर्दा पनि भीड कम नभएपछि आलोपालो गरी सेवा प्रवाह गर्न लागिएको होे ।     सोमबार बसेको कोभिड व्यवस्थापन समितिको बैठकले गरेको निर्णय बमोजिम कार्यालयबाट प्रदान गरिने सेवा आलोपाले गरी सेवाग्राहीलाई सेवा दिन  व्यवस्था मिलाइएको सहायक प्रजिअ काशीराम गैरेले जानकारी दिए । उनका अनुसार आइतबार, मङ्गलबार, बिहीबार तीन दिन व्यास,

आजदेखि देशभरका मालपोत कार्यालय खुल्ने

काठमाडौं : आजदेखि देशभरका सबै मालपोत कार्यालयहरु खुल्ने भएका छन्। कोरोना संक्रमणका कारण जारी निषेधाज्ञाका कारण बन्द कार्यालयहरु आजदेखि सेवा प्रवाह हुने गरि खुल्ने भएका हुन। यद्यपि, निषेधाज्ञाका बीचमै पनि सेवाग्राहीको लागि कार्यालय बन्द रहे पनि आन्तरिक प्रशासनिक प्रयोजनको लागि भने कार्यालयहरु खुल्लै थियो। आजदेखि आम नागरिकले अधिकांश मालपोत कार्यालयबाट आलोपालो सेवा पाउने भूमि व्यवस्थापन तथा अभिलेख विभागका महानिर्देशक शेष नारायण पौडेलले बताए। पौडेलले भने, आजदेखि देशभरका मालपोत खुल्छन् र  पालिका अनुसार सेव...

आलोपालो गर्दै बागलुङका बैंक तथा वित्तीय संस्था

बागलुङ। कोरोनाको दोस्रो लहरमा बागलुङका बैंक तथा वित्तीय संस्थाले आलोपालो सेवा दिने भएका छन्। आजदेखि बैंक तथा वित्तीय संस्था र बीमा कम्पनीहरुले आलोपालो सेवा दिने भएका हुन्। सातामा तीन दिन नेपाल बैंक र अन्य बैंक सातामा दुई दिने खुल्नेछन्। बागलुङमा २८ वटै वाणिज्य बैंकका शाखा कार्यालय छन्।