युरोपेली युनियनले मङ्कीपक्सको उपचारमा स्मलपक्सको खोप लगाउन अनुमति दिएको छ । मङ्कीपक्स र स्मलपक्सको भाइरसका बीचमा धेरै समानता देखिएकाले स्मलपक्सको खोप लगाउन अनुमति दिएको भारतीय एनडीटीभीले जनाएको छ ।
डेनमार्कको औषधि उत्पादक कम्पनी बावरियन नर्डिकले आफूले स्मलपक्सका लागि उत्पादन गरेको खोपलाई युरोपेली युनियनले मङ्कीपक्सको उपचारमा प्रयोग गर्ने अनुमति दिएको जनाएको छ । युरोपेली आयोगका औषधि विज्ञहरूले अनुसन्धान गरेपछि यो निर्णय भएको खबरमा उल्लेख छ । यो खोप युरोपेली युनियनका सदस्य देश, आइसन्ल्याड र नर्वेमा मात्रै प्रयोगको अ...