हेटौंडामा मंगलबारदेखि हुने ‘अल नेपाल नोभिस बक्सिङ’ प्रतियोगिताको तयारी पूरा भएको छ । हेटौंडा उपमहानगरपालिका–४ परिजातपथस्थित कभर्डहलमा पत्रकार सम्मेलन गरी मकवानपुर जिल्ला बक्सिङ संघका अध्यक्ष दीपेश जोशीले प्रतियोगिताका सबै तयारी पूरा भएको जानकारी दिएका छन् ।