नेपाली खेलकुद क्षेत्रमा केही समययता खेल कूटनीति (स्पोर्टस डिप्लोमेसी) को चर्चा खुब हुन थालेको पाइन्छ । नेपाल ओलम्पिक कमिटीको कार्यक्रममा होस् वा मैत्रीपूर्ण क्रिकेट खेल्न आएका वेस्ट इन्डिजका खेलाडीको स्वागत कार्यक्रममा साथै अन्य कार्यक्रममा समेत खेलकुद मन्त्रीलगायतले खेल कूटनीतिको विषय उठाइरहेका छन् । नेपालमा मात्र नभई विश्वमा नै खेलकुदले मानिसलाई एकजुट बनाउन विशेष भूमिका खेल्दै आएको छ । राष्ट्रको इज्जत प्रतिष्ठा र गौरवसँग खेलकुद जोडिएको हुन्छ । वर्तमान समयमा खेलकुदलाई स्वास्थ्य र मनोरञ्जनका रूपमा मात्र नभई राष्ट्रिय एकता प्रवर्धन गर्ने र मानिसलाई एकताबद्ध गराउने माध्यमको रूपमा समेत लिने गरिन्छ । समाजमा व्याप्त विभिन्न किसिमका सामाजिक भेदभाव चिर्न पनि खेलकुदले अहम् भूमिका निभाइरहे