काठमाडौँ – मकवानपुरको हेटौंडा उपमहानगरपालिका–१९ नेवारपानीमा बसको ठक्करबाट एक जना पैदलयात्रीको मृत्यु भएको छ । बसको ठक्करबाट गम्भीर घाइते भएका हाल पहिचान नखुलेको अन्दाजी ४० वर्षीय पुरुषको उपचारको क्रममा जिल्ला अस्पताल हेटौडामा मृत्यु भएको प्रहरीले जनाएको छ । बागमती प्रदेश ०३ ००१ ख १३६५ नम्बरको बसले पैदलयात्री उनलाई आज बिहान सवा ४ बजे ठक्कर दिएको […]