१८ कात्तिक, वीरगञ्ज । बारामा बसको ठक्करबाट एक जना पैदलयात्रीको मृत्यु भएको छ । जीतपुरसिमरा उपमहानगरपालिका–२ बस्ने २६ वर्षीया गुञ्जना श्रेष्ठको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता प्रहरी नायब उपरीक्षक राजेश थापाले जानकारी दिए । शुक्रबार बिहान वीरगञ्ज पथलैया सडकखण्ड अन्र्तगत जितपुरसिमरा उपमहानगरपालिका–०९ मा उनलाई बा.प्र.–०६–००१ ख ०१२२ न.को बसले ठक्कर दिएको थियो । […]