बुद्ध जन्मस्थल लुम्बिनी भ्रमणमा आउने स्वदेशी या विदेशी पर्यटकहरूका लागि आकर्षण मध्येको एक हो केन्द्रीय नहरमा नौका बिहार गर्ने । पछिल्लो समय लुम्बिनी आउने पर्यटकहरूमा धेरैको रोजाइमा परेको छ केन्द्रीय नहर(सेन्ट्रल क्यानल)मा बोटिङ गर्ने । विश्व शान्ति द्वीपबाट उत्तरतर्फ म्युजियम पुग्ने बाटो तेलार पुलसम्म करिब १ हजार ६ सय मिटरको दूरीमा नौका बिहार हुने गरेको छ ।
लुम्बिनी आउने जो कोही नौका बिहारमा रमाउन चाहन्छन् ।