इन्द्रजात्राको लिंगो ठड्याइयो (फोटोमा)

काठमाडौँ। इन्द्रजात्राको लिंगो (यःसिं) ठड्याइएको छ। बुधबार बिहान हनुमानढोकामा लिंगो ठड्याइएको हो। प्रत्येक वर्ष भाद्र शुक्ल द्वादशीका दिन हनुमानढोका परिसरमा इन्द्रको पूजाआजा गरी इन्द्रध्वजा सहितको लिङ्गो ठड्याएसँगै जात्रा सुरू हुने गर्छ। बुधबार बिहान ७ः१५ बजेको साइतमा लिंगो ठड्याइएको हो।

सम्बन्धित सामग्री

वसन्तपुरमा ठड्याइयो य:सिं, इन्द्रजात्रा सुरु [तस्बिरहरू]

काठमाडौंको प्रसिद्ध इन्द्रजात्रा आइतबारदेखि सुरु भएको छ । आठ दिनसम्म मनाइने परम्परागत साँस्कृतिक जात्रा हुनमानढोकामा धार्मिक विधिपूर्वक लिंगो अर्थात य:सिं ठड्याएपछि सुरु भएको हो ।

चार दशकपछि पचली भैरव जात्रामा ठड्याइयो यःसिं [तस्वीरहरू]

काठमाडौं । नेवार समुदायको पर्व पचली भैरव जात्रामा चार दशकपछि यस वर्ष यःसि (लिंगो) ठड्याइएको छ । जात्राका क्रममा काठमाडौंको टेकुस्थित पचली भैरव मन्दिर परिसरमा बुधवार बिहान ८ः३० बजेको शुभसाइतमा श्री पचली आजु यःसिं गुथि (रञ्जितकार गुथि) का सदस्यहरूसहित स्थानीयले यःसि ठड्याएका हुन्। विगतका वर्षहरूमा आर्थिकलगायत कारणले जात्रामा यःसि ठड्याउन सकिएको थिएन । यस वर्ष गुठियारहरूको सक्रियता देखाएपछि जात्रामा यःसिं पुनःस्थापित भएको हो । जानकारहरूका अनुसार दशैं आउन लागेको जानकारी दिन जात्रामा लिंगो ठड्याउने परम्परा छ ।   जात्राका लागि साँखु माथिको जङ्गलबाट ३२ हाते लिङ्गोका लागि रुख काटेर ल्याइएको गुठियारहरुले जानकारी दिए । आश्विन शुक्ल चौथीका दिन लिंगो उठाएपछि टेकुबाट जात्रा शुरु हुन्छ । उक्त जात्रा ब्रह्मटोल, ज्याबहाल, जैसीदेवल, लगन हुँदै हनुमानढोका दरबार क्षेत्रसम्म हुने गरेको छ । अष्टमीका दिन लिंगो ढालिएपछि जात्रा सकिन्छ। मल्लकालमा राजा जयराम मल्लले यो जात्राको शुरूआत गरेको विश्वास छ । श्री पचली भैरव आजु यो सिं गुठीले यो जात्राको व्यवस्थापन गर्दै आएको छ । यस वर्ष जात्रा व्यवस्थापन समितिले जात्रा सम्बन्धित फोटो प्रदर्शनीको पनि आयोजना गरेको छ ।

इन्द्रध्वजासहितको लिंगो ठड्याइयो

काठमाडौैं । यस वर्षको इन्द्रजात्रा मनाउन हनुमानढोका दरबार परिसरमा कालभैरवको विशाल मूर्ति अगाडि मंगलबार इन्द्रध्वजासहितको लिंगो अर्थात यसिद्यः ठड्याइएको छ । ३२ हातको लिंगोमा इन्द्रध्वजा राखी सांस्कृतिक बाजागाजा, बैन्डबाजा र पञ्चैबाजा बजाएर मंगलबार बिहान १०ः ३७ बजे ठड्याइएको हो । भाद्र शुक्लपक्ष ञलाथ्व द्वादशीका दिन इन्द्रध्वजोत्थानबाट शुरू भई ञलागाःचौथी अर्थात् इन्द्रध्वज पतनसम्म आठ दिन विभिन्न […]

इन्द्रजात्रा शुरु, बसन्तपुरमा ठड्याइयो लिंगो [फोटोफिचर]

इन्द्रजात्रा शुरु भएको छ । हुनमानढोकामा धार्मिक विधिपूर्वक आज लिंगो अर्थात् यःसिं ठड्याएपछि इन्द्रजात्रा शुरु भएको हो ।

सुरु भयो इन्द्रजात्रा, हनुमानढोकामा ठड्याइयो लिङ्गो

काठमाडौं, भदौ २२। आजबाट विधिवत रुपमा इन्द्रजात्रा सुरु भएको छ । बुधबार बिहान हनुमानढोकामा बिहान ७ः१७ मिनेटको शुभ साईतमा इन्द्रजात्राको लिङ्गो ठड्याइएर इन्द्रजात्राको शुभारम्भ गरिएको हो । हनुमानढोकामा रहेको लिंगो ठड्याएपछि इन्द्रजात्रा विधिवत सुरु हुने परम्परा छ । इन्द्रजात्राको शुभारम्भ कार्यक्रममा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठ र काठमाडौं महानगरपालिकाकी उपप्रमुख सुनिता डंगाल उपस्थित […]

लिंगो ठड्याइयो, इन्द्रजात्रा विधिवत रूपमा सुरु (तस्बिरहरू)

काठमाडौं । काठमाडौंमा मनाइने इन्द्रजात्रा पर्व आजदेखि विधिवत रूपमा सुरु भएको छ । हनुमानढोकामा बुधबार बिहान ७ः१७ बजेको शुभसाइतमा इन्द्रजात्राको लिंगो ठड्याइएको छ । हनुमानढोकामा उक्त लिंगो ठड्याएपछि इन्द्रजात्रा विधिवत रूपमा सुरु हुने परम्परा छ । इन्द्रजात्रालाई नेपालभाषामा ‘यें यास्’ भनिन्छ । ‘यें’ भनेको कान्तिपुर नगर र ‘यास्’ भनेको मुख्य जात्रा हो...

क्षमा पूजा गरेर बिस्काको लिंगो ठड्याइयो

क्षमा पूजा गरेर करिब २१ घण्टापछि बिस्काको लिंगो ठड्याइएको छ । ऐतिहासिक एवं सांस्कृतिक महत्वको (बिस्का) बिस्केट जात्राको चौथौं दिन अर्थात् वर्षको अन्तिम दिन साँझ भेलुखेलस्थित ५५ हाते लिंगो ठड्याउने प्रचलन छ । तर, बुधबार साँझ करिब ६ बजेबाट उभ्याउन सुरु भएको लिंगो रातभर प्रयास गर्दा पनि उठेन ।

इन्द्रजात्राको लिंगो ठड्याइयो

इन्द्रजात्राको लिंगो (य:सिं) शनिबार हनुमानढोकामा ठड्याइएको छ । बिहान ६ बजेर ५१ मिनेटमा काठमाडौंको हनुमानढोकामा इन्द्रध्वजसहितको लिंगो ठड्याएपछि इन्द्रजात्रा सुरु भएको छ । हनुमानढोकामा रहेको लिंगो ठड्याएपछि इन्द्रजात्रा सुरु हुन्छ । इन्द्रजात्रालाई नेपाल भाषामा ‘यें या:’ भनिन्छ । यें भनेको कान्तिपुर नगर र या: भनेको मुख्य जात्रा हो । इन्द्रजात्राका बेला इन्द्रजात्रा सम्बन्धी सबै देवीदेवता पनि सार्वजनिक प्रदर्शनका लागि बाहिर ल्याउने चलन छ ।

इन्द्रजात्राः शुभसाइतमा ठड्याइयो लिंगो (तस्बिरहरु)

काठमाडौँ – वर्षा र सहकालका देवता इन्द्रको नाममा गरिने इन्द्रजात्राअन्तर्गत शनिबार बिहान इन्द्रध्वजोत्थान गरिएको छ । बिहान ६ः५१ बजेको साइतमा इन्द्रध्वजोत्थान अर्थात ध्वजापताकासहितको लिंगो ठड्याइएको हो । इन्द्रध्वजोत्थान गरेपछि जात्राको मुख्य दिन असोज ३ गते कुमारीलाई तल्लो टोल यात्रा गराइन्छ। असोज ४ गते माथिल्लो टोल यात्रा गराइने कार्यक्रम रहेको हनुमानढोका दरबार हेरचाह अड्डाका कार्यालय प्रमुख […]

बिस्केटको लिंगो ठड्याइयो

ऐतिहासिक एवं सांस्कृतिक महत्त्वको बिस्केट जात्राको चौथौं दिनको राति भेलुखेलस्थित ५५ हाते लिंगो उभ्याएको छ । आठ रात नौ दिनसम्म धुमधामका साथ मनाइने बिस्केट जात्राअन्तर्गत ५५ हाते लिंगो तान्त्रिक विधिपूर्वक दशकर्म विधान गरी अष्टमातृकाको प्रतिक आठ वटा डोरी बाँधेर मङ्गलबार साँझ लिंगो उभ्याइएको हो ।