क्षमा पूजा गरेर करिब २१ घण्टापछि बिस्काको लिंगो ठड्याइएको छ । ऐतिहासिक एवं सांस्कृतिक महत्वको (बिस्का) बिस्केट जात्राको चौथौं दिन अर्थात् वर्षको अन्तिम दिन साँझ भेलुखेलस्थित ५५ हाते लिंगो ठड्याउने प्रचलन छ । तर, बुधबार साँझ करिब ६ बजेबाट उभ्याउन सुरु भएको लिंगो रातभर प्रयास गर्दा पनि उठेन ।