ऐतिहासिक एवं सांस्कृतिक महत्त्वको बिस्केट जात्राको चौथौं दिनको राति भेलुखेलस्थित ५५ हाते लिंगो उभ्याएको छ । आठ रात नौ दिनसम्म धुमधामका साथ मनाइने बिस्केट जात्राअन्तर्गत ५५ हाते लिंगो तान्त्रिक विधिपूर्वक दशकर्म विधान गरी अष्टमातृकाको प्रतिक आठ वटा डोरी बाँधेर मङ्गलबार साँझ लिंगो उभ्याइएको हो ।