धनकुटा : धनकुटामा प्रतिनिधिसभा र प्रदेशसभामा एमालेका उम्मेदवार विजयी भएका छन्।प्रतिनिधिसभामा एमालेका राजेन्द्र राईले कांग्रेसका सुनिल थापालाई पराजित गरेका छन्।प्रदेश १ मा एमालेका निरन राईले एकीकृत समाजवादीका अर्जुन राईलाई र प्रदेश २ मा एमालेका इन्द्रमणि पराजुलीले माओवादी केन्द्रकी कुसुमकुमारी श्रेष्ठलाई पराजित गरेका हुन्। आधिकारिक घोषणा भने हुन बाँकी छ।
अर्घाखाँचीमा प्रदेश सभा (ख) मा नेकपा एमालेका उम्मेदवार रामजीप्रसाद घिमिरे विजयी भएका छन् । घिमिरेले २२ हजार ७ सय ७६ मत लिएर विजयी भएका हुन् । उनका निकटतम् प्रतिस्पर्धी गठबन्धनका साझा उम्मेदवार कमलप्रसाद भुसालले २१ हजार ९ सय ७५ मत प्राप्त गरे । घिमिरे ८ सय १ मत अन्तरले विजयी भए । घिमिरे निवर्तमान प्रदेश सभा सदस्य तथा नेकपा एमाले प्रदेश सचिवालय सदस्य समेत रहेका छन् ।
झापा – झापा क्षेत्र नं. २ मा एमालेका उम्मेदवार देवराज घिमिरे निर्वाचित भएका छन्। उनले स्वतन्त्र उम्मेदवार भद्रप्रसाद नेपाललाई पराजित गर्दै विजयी भएका हुन्। घिमिरेले २८ हजार ५ सय ९७ मत प्राप्त गरेका छन् । स्वतन्त्र उम्मेदवार नेपालले २६ हजार ४ सय ४१ मत प्राप्त गरेका छन् ।
बाजुरा । बुढिगंगा नगरपालिका ९ मा गठबन्धनका उम्मेदवारलाई हराउदै नेकपा एमालेका उम्मेदवार मिन बहादुर सिंह विजयी भएका छन् । नेकपा एकृकित समाजवादीका उम्मेदवार भरत बहादुर थापालाई पराजित गर्दै सिंह विजयी भएका छन् । विजयी सिंहले ४ सय ९२ मत ल्याएका छन्, भने भरत बहादुर थापाले २ सय ९३ मत ल्याएका हुन् । सोही वडा बाट […]
The post बुढिगंगामा गठबन्धनका उम्मेदवारलाई हराउदै एमालेका उम्मेदवार विजयी appeared first on राजधानी राष्ट्रिय दैनिक.
रामेछाप - रामेछापको मन्थली नगरपालिकाको मेयर र उपमेयरमा नेकपा एमालेका उम्मेदवार लव श्रेष्ठ र ईश्वरी बस्नेत निर्वाचित भएका छन् ।
विजयी भएका श्रेष्ठले ९ हजार ७ सय १८ मत प्राप्त गर्नुभएकाे छ । उहाँका प्रतिस्पर्धी नेपाली कांग्रेसका उम्मेदवार विनोद कार्कीले ९ हजार १ सय २२ मत प्राप्त गर्नुभएकाे छ ।
त्यसैगरी उपमेयरमा नेकपा एमालेकै ईश्वरी बस्नेतले ९ हजार १ सय ६१ मत प्राप्त गरेर विजयी हुनुभएकाे छ ।
उहाँका प्रतिस्पर्धी नेपाली कांग्रेसबाट उम्मेदवार बनेकी यशोदा श्रेष्ठले ९ हजार ७४ मत प्राप्त गर्नुभएका...
मङ्गलबारे । इलामको देउमाई नगरपालिकाको प्रमुख र उपप्रमुख पदमा नै नेकपा (एमाले)का उम्मेदवार विजयी भएका छन्। नगर प्रमुखमा सूर्यप्रसाद पोखरेल र उपप्रमुखमा पविमाया राई निर्वाचित भएका हुन् । प्रमुख पदमा एमालेका उम्मेदवार पोखरेल आठ हजार ६९५ मत ल्याउँदै विजयी भएका हुन् । उनका निकटतम प्रतिद्वन्द्वी गठबन्धनका तर्फबाट नेपाली काँग्रेसका उम्मेदवार होम दुलालले सात हजार ६२२ […]
पर्सा – पर्साकाे पर्सागढी नगरपालिकाकाे मेयर र उपमेयरमा नेकपा एमालेका उम्मेदवार विजयी भएका छन् ।
मेयरमा एमालेका गाेकर्ण पाठक ६ हजार ६ सय २४ मत प्राप्त गरी विजयी हुनुभयाे । उहाँका प्रतिस्पर्धी नेपाली कांग्रेसका लोकनारायण यादवले तीन हजार सात सय ३३ मत प्राप्त गर्नुभयाे ।
यस्तै उपमेयरमा एमालेकी पूजा चाैधरी सात हजार ६ सय १६ मत प्राप्त गरी विजयी हुनुभयाे । उहाँका प्रतिस्पर्धी कांग्रेसकी अर्चना चौधरीले तीन हजार चार सय ३० मत प्राप्त गर्नुभयाे ।
नाै वडा रहेकाे पर्सागढीमा एमालेले दुई, कांग्रेसले त...
धनकुटाको चौबिसे गाउँपालिकामा एमालेका उम्मेदवार विजयी भएका छन् । गठबन्धनको उम्मेदवारलाई फराकिलो मतान्तरले पराजित गर्दै एमालेका उम्मेदवार विजयी भएका हुन् ।
गएराति सम्पन्न अन्तिम मत परिणाम अनुसार पाँच हजार ३८ मतसहित...
१ जेठ, धनगढी । कैलालीको बर्दगोरिया गाउँपालिका-१ मा नेकपा एमालेका उम्मेदवार मिथुन गौतम प्यानलसहित विजयी भएका छन् । ७९५ मत ल्याउँदै गौतमले नेपाली कांग्रेसका उम्मेदवारलाई पराजित गरे । महिला सदस्यमा एमालेकै मीरा आले मगर, दलित महिला सदस्यमा सरस्वती विश्वकर्मा, सदस्यमा प्रकाश साउद र रामचन्द्र कठरिया पनि विजयी भएका छन् ।
साेलुखुम्बु - सोलुखुम्बुको खुम्बु पासाङ ल्हामु गाउँपालिकामा अध्यक्ष र उपाध्यक्षमा नेकपा एमालेका उम्मेदवार विजयी भएका छन् ।
अध्यक्षमा एमालेका मिङमा छिरी शेर्पा र उपाध्यक्षमा एमालेका टासी ल्हाम शेर्पा विजयी भएको निर्वाचन अधिकृत हरिप्रसाद शर्माले जानकारी दिनुभयो । उहाँका अनुसार अध्यक्षमा मिङमा छिरीले २ हजार २८ मत र उपाध्यक्षले २ हजार २३ मतसहित विजयी हुनुभएको हो ।
उहाँका निकटतम प्रतिस्पर्धी कांग्रेसका चुङबा शेर्पाले १ हजार ६ सय ९ मत र उपाध्यक्षमा कांग्रेसका निर्मला थापा मगरले १ हजार ६ सय ८२ मत प्राप्त गर्नुभयो । ५ व...