नेपाल प्रहरीले बालबालिकामाथि अपराध हुनबाट जोगाउनका लागि सचेत हुन अभिभावकसँग अनुरोध गरेको छ । महानगरीय प्रहरी परिसर काठमाडौँले पछिल्लो समय बालबालिकामाथि विभिन्न खालका घटना हुने गरेको देखिएकाले त्यसप्रति ध्यानाकर्षण गराउँदै प्रहरीले आआफ्ना बालबालिकालाई समयमै सचेत गर्ने कुरामा गम्भीर हुन आग्रह गरेको छ । परिसरका प्रवक्ता प्रहरी उपरीक्षक दिनेशराज मैनालीले प्रविधिको प्रयोग बढेसँगै त्यसमार्फत जोडिएर अपराधका घटना हुने गरेको बताए । उनका अनुसार हालैमात्र सङ्गम महर्जन नामको नक्कली फेसबुक एकाउन्टबाट एक