राउटे युवती सम्झना शाहीलाई ‘अस्ताइन् सम्झना’ भनेर गलत प्रचार, युट्युब च्यानललाई कारबाही गर्न माग

सुर्खेत । राउटे युवती सम्झना शाहीलाई ‘अस्ताइन् सम्झना’ शीर्षक राखेर गलत प्रचार गरेको भन्दै राउटे, लोपोन्मुख, सिमान्तकृत वर्ग उत्थान प्रतिष्ठानले आपत्ती जनाएको छ। प्रतिष्ठानले जिउँदो व्यक्तिलाई त्यस्तो आपत्तिजनक तरिकाले गलत प्रचार गरेको भन्दै त्यस्तो अपराध गर्ने युट्युव च्यानललाई कारबाही गर्न अनुरोध गरेको हो । प्रतिष्ठानका अध्यक्ष सत्यदेवी खड्काले राउटे चेलीको मानव अधिकार संरक्षणका साथै न्याय दिएर शान्ति सुरक्षा कायम गरिदिन जिल्ला प्रशासन कार्यालय सल्यानलाई आग्रह समेत गरेकी