काठमाडौं : गृह मन्त्रालयले मिटरब्याज सुदखोरविरुद्ध उजुरी दर्ता गराउन पीडितहरुलाई अनुरोध गरेको छ।मन्त्रालयले आज एक सूचना जारी गरी एकसाताभित्र यथासम्भव बढी तथ्य प्रमाणसहित उजुरी दर्ता गराउन भनेको छ। हिजो मात्रै गृहमन्त्री बालकृष्ण खाँणले मिटरब्याजी पीडितहरुको समस्या समाधानका लागि कार्यदल गठन गरेको थियो। सो कार्यदलका संयोजक डा. भीष्मकुमार भुसालले देशैभर मिटरब्याजीको जालो फैलिएको हुनसक्ने भन्दै मन्त्रालयले मिटरब्याज पीडित व्यक्तिहरुबाट त्यस्ता मिटरब्याजीले गरेका अपराध र शोषणविरुद्ध प्रमाण