होटल संघ गण्डकीको नयाँ कमिटी

होटल संघ नेपाल (हान) गण्डकीको नयाँ कार्यसमिति गठन गरिएको छ। संस्थाको अध्यक्षमा पुराना पर्यटन व्यवसायी हरिप्रसाद शर्मा गैह्रे निर्विरोध निर्वाचित भएका छन्।...

सम्बन्धित सामग्री

लगानी सम्मेलनका लागि होटल संघ नेपालका अध्यक्ष विनायक साहका पाँच सुझाव

काठमाडौँ : होटल संघ नेपालका अध्यक्ष विनायक साहले सात प्रदेशमा कम्तिमा एक–एक मेगा प्रोजेक्ट आउँदो लगानी सम्मेलनमा सरकारले देखाउन सक्नुपर्ने बताएका छन्। सरकारले आगामी वैशाख १६ र १७ गते गर्न लागेको लगानी सम्मेलनअघि सात प्रदेशमा कम्तिमा एक–एक मेगा प्रोजेक्ट फाइनल गर्नुपर्ने उनले सुझाव दिए। अध्यक्ष साहले सम्मेलनमा सरकारले विदेशी लगानी आकर्षण गर्नका लागि ठूला मेगा परियोजनाहरु देखाउन आवश्यक रहेको पनि बताए। उनले मुलुकको पर्यटकीय सम्भावनाको विषयमा प्रचार गर्न आवश्यक रहेको भन्दै त्यस

होटल संघ नेपाल रौतहटको अध्यक्षमा राउत

रौतहट । होटल संघ नेपाल (हान) रौतहटको अध्यक्षमा शिवराम राउत निर्वाचित भएका छन् । होटल तथा पर्यटन व्यवसायीको जिल्ला अधिवेशनबाट उनलाई अध्यक्षमा सर्वसम्मत चयन गरिएको हो । राउत चन्द्रनिगाहपुरस्थित होटल पशुपतिका सञ्चालक हुन् । हान रौतहटको कार्य समितिमा वरिष्ठ उपाध्यक्ष अरविन्द चौधरी, उपाध्यक्ष अमर श्रेष्ठ, महासचिव मदन तिमल्सिना, सचिव यज्ञ थापा र कोषाध्यक्ष गंगा खड्का चयन भएका छन् । होटल व्यवसायी महासंघ मधेश प्रदेशका अध्यक्ष हीरालाल गौतमले होटल तथा पर्यटन व्यवसायीको समस्या समाधानका लागि पहल गर्न महासंघ तयार रहेको बताए ।

होटल संघ नेपालको साधारणसभा सम्पन्न

होटल संघ नेपालको अर्धवार्षिक साधारणसभा सम्पन्न भएको छ । उक्त अवसरमा होटल संघ नेपालले प्रकाशनमा ल्याएको कफिटेबुल बुक ‘नेपाल: ए जोर्नी फ्रम इस्ट टु वेस्ट’ नामक पुस्तक विमोचन गर्दै संस्कृति, पर्यटन तथा नागरिक उठ्डयन मन्त्री जीवनराम श्रेष्ठले मन्त्रालयले घोषण गरेको पर्यटन दशकलाई उक्त पुस्तक सहयोगी हुने बताए । मन्त्री श्रेष्ठले कोभिडपछिको पर्यटनलाई अगाडि बढाउन सरकारी […]

ब्याजदर वृद्धिको निर्णय फिर्ता लिन होटल संघ पोखराको माग

६ असोज, काठमाडौं । बैंक तथा वित्तीय संस्थाहरुले १ असोजदेखि लागू हुने गरी गरेको ब्याजदर वृद्धिको निर्णय फिर्ता लिन होटल संघ पोखरा नेपालले माग गरेको छ । कोभिड-१९ बाट थला परी भर्खर उठ्ने प्रयास गर्दै गरेको पर्यटन क्षेत्रका लागि ब्याजदर वृद्धिको निर्णय थप पीडादायी भएको संघका अध्यक्ष लक्ष्मण सुवेदीले बताउ । बैंक तथा वित्तीय संस्थाको […]

होटल संघ गण्डकीको नयाँ कमिटी

पोखरा । होटल संघ नेपाल (हान) गण्डकी गठन गरिएको छ । संस्थाको अध्यक्षमा पुराना पर्यटन व्यवसायी हरिप्रसाद शर्मा गैह्रे निर्विरोध निर्वाचित भएका छन् । गण्डकी प्रदेश स्थिति विभिन्न ११ जिल्लाका होटल संघका अध्यक्षहरुको भेलाले शर्मालाई अध्यक्ष चुन्दै नयाँ कार्यसमिति समेत चयन गरेको छ । शर्मा होटल संघ पोखरा नेपालका पूर्व अध्यक्ष एवं सल्लाहकार हुन् । […] The post होटल संघ गण्डकीको नयाँ कमिटी appeared first on राजधानी राष्ट्रिय दैनिक.

होटल संघ नेपाल र ट्रेड युनियनहरुबीच सम्झौता

होटल संघ नेपाल र ट्रेड युनियनहरुबीच सम्झौता भएको छ ।  होटल संघ नेपालकी अध्यक्ष सृजना राणाको अध्यक्षतामा संघका पदाधिकारी तथा पर्यटन तथा होटलसँग सम्वद्ध तीनवटै क्रियाशील केन्द्रीय स्तरका ट्रेड युनियन (नेपाल स्वतन्त्र होटल, क्यासिनो तथा रेस्टुरेन्ट मजदुर युनियन, अखिल नेपाल होटल, क्यासिनो तथा रेस्टुरेन्ट मजदुर संघ र नेपाल पर्यटन तथा होटल सम्वद्ध श्रमिक संघ) का अध्यक्ष र प्रतिनिधिहरु सहित बसेको संयुक्त बैठकले पर्यटन उद्योगको श्रम सम्बन्धलाई सौहार्दता प्रदान गर्दै होटल व्यवसाय सञ्चालनलाई निरन्तरता प्रदान गर्नका लागि सम्झौता गरेको हो।यस्ता छन् सम्झौताका बुँदाहरु ः १.     मिति २०७७ असार २८ र मितिः २०७७ माघ १३ गते होटल संघ नेपाल र होटल सम्बद्ध केन्द्रीय ट्रेड युनियन (नेपाल स्वतन्त्र होटल, क्यासिनो तथा रेस्टुरेन्ट मजदुर युनियन, अखिल नेपाल होटल, क्यासिनो तथा रेस्टुरेन्ट मजदुर संघ र नेपाल पर्यटन तथा होटल सम्वद्ध श्रमिक संघ)हरुको बीचमा गरिएको सामूहिक सम्झौता तात्कालीन परिस्थिति र समय अनुसार मनासिव थियो र सो सम्झौतामा उल्लेख भएका विषयहरुमा विवाद नगर्ने, विवाद भएमा वा रहेमा सम्झौता बमोजिम हुने । संचालनमा आएका होटलहरुका लागि मिति २०७६ साल चैत्र ११ गते भन्दा अगाडी श्रमिक तथा कर्मचारीहरुले प्राप्त गरेको तलव भत्ता, सेवासुविधा तथा सामूहिक सम्झौताबाट प्राप्त गरिएका सुविधाहरु उपलब्ध गराउने र नेपाल सरकारले वृद्धि गरेको पारिश्रमिकलाई लागू गर्ने । २.     कारोबार सञ्चालनमा नआएका होटल, बन्द तथा पुननिर्माणमा रहेका होटल र आंशिक सञ्चालनमा आएका होटल प्रतिष्ठानहरुको हकमा स्थानीय आधिकारीक युनियन वा क्रियाशिल ट्रेड युनियन र व्यवस्थापन बीचमा हुने आपसी सम्झौता बमोजिम हुने । ३.     होटल प्रतिष्ठान र श्रमिक तथा कर्मचारीहरु बीचमा विगतमा भए गरेका वा भविष्यमा हुने सम्झौताहरुको हकमा कुनै श्रम विवाद उत्पन्न हुन गएमा केन्द्रीय ट्रेड युनियन र होटल संघ नेपाल मार्फत समस्याको समाधान गरिनेछ । ४.     यदि भविष्यमा कुनै भवितव्य वा अकल्पनीय घटना वा कावुवाहिरको परिस्थिति सिर्जना हुन गएमा तत्कालै केन्द्रीय ट्रेड युनियन र होटल संघ नेपालको बैठक बसी छलफल र आपसी सहमति मार्फत त्यसबाट उत्पन्न भएका समस्याको समाधान गरिनेछ । ५.     बन्दा बन्दीको अवस्थामा भएका सम्झौताहरु कार्यान्वयन नभएका होटल तथा प्रतिष्ठानहरुले कार्यान्वयन गर्ने र सेवा शुल्क प्रतिष्ठानहरुले काममा बोलाएका वा नबोलाएका सम्पूर्ण श्रमिकहरुलाई दामासायी रुपमा सबैलाई वितरण गरिनु पर्ने ।

वातावरण ऐन २०७६ संशोधन गर्न होटल संघ नेपालको माग

होटल संघ नेपालले बागमती प्रदेशलाई पर्यटन पुनरुत्थान गर्ने सहयोगी कार्यक्रम कार्यान्वयनका लागि नीति बनाउन सुझाव दिएको छ ।संघले बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्र पाण्डेसँग भेटेर दिगो पर्यटनको लागि विशेष पर्यटन नीति बनाएर ततकाल लागू गर्न माग गरेको हो । संघकीअध्यक्ष सृजना राणाले बागमती प्रदेश पर्यटनको केन्द्र भएकाले विशेष पर्यटन नीति तथा योजना बनाई कार्यान्वयन गर्न सके […]

होटल संघ पोखराको अधिवेशन सम्पन्न, अध्यक्षमा लक्ष्मण सुवेदी निर्विरोध

न्युज अफ नेपाल, कास्की । पश्चिमाञ्चल होटल संघ पोखराको अध्यक्षमा लक्ष्मण सुवेदी निर्विरोध निर्वाचित भएका छन् । उनी होटल साकुराका सञ्चालक हुन् । यस अघि उनी संघको प्रथम उपाध्यक्ष थिए । संघको शुक्रवार पोखरामा सम्पन्न २० औँ अधिवेशन तथा ४० औँ साधारण सभाले आगामी दुई बर्षे कार्यकालको लागि नयाँ कार्यसमिति सर्वसम्मत चयन गरेको निर्वाचन संयोजक […]

होटल संघ र ई–सेवा फोनपेबीच सहकार्यको सम्झौता

पोखरा– पश्चिमाञ्चल होटल संघ पोखरा र ई–सेवा फोनपे प्रालिबीच क्युआर कोड प्रबद्र्धन र डिजिटल पार्टनरसिपका लागि बुधबार सम्झौता भएको छ । पोखराको लेकसाइडमा आयोजित एक औपचारिक समारोहमा संघका अध्यक्ष विकल तुलाचन र फोनपेका प्रमुख रणनीतिक अधिकृत रोशन लामिछानेले सम्झौतापत्रमा हस्ताक्षर गरेका थिए ।सम्झौताअनुसार संघ र यसअन्तर्गतका सदस्य होटलहरूले फोनपेद्वारा सञ्चालनमा ल्याइएको क्युआर कोडसम्बन्धी भुक्तानी प्रणालीलाई […]