होटल संघ नेपालको क्यालेन्डर प्रकाशन

होटल संघ नेपालको क्यालेन्डर प्रकाशन

सम्बन्धित सामग्री

‘नेपाल सत्कार दिवस’ मनाउँदै हान

काठमाडौँ : होटल संघ नेपाल (हान)ले माघ २ गते  काठमाडौँमा नेपाल सत्कार दिवस–२०२४ मनाउने भएको छ।होटल क्षेत्रको विकासमा मद्दत पुर्‍याउने उद्देश्यले संघले पहिलोपटक नेपाल सत्कार दिवस मनाउन लागेको हो। संघका अध्यक्ष विनायक शाहले होटल क्षेत्रको वर्तमान स्थिति, विकासका सम्भावना र चुनौतीबारे समीक्षाका लागि सत्कार दिवस बनाउन लागेको बताए। उनले ५८ वर्षअघि माघ २ गते होटल संघ नेपाल विधिवत् रूपमा दर्ता भएको सम्झनामा नेपाल सत्कार दिवस मनाउन लागेको बताए।उनले आगामी दिनमा होटल उद्योग कसरी अगाडि बढ्ने

होटल संघ नेपाल रौतहटको अध्यक्षमा राउत

रौतहट । होटल संघ नेपाल (हान) रौतहटको अध्यक्षमा शिवराम राउत निर्वाचित भएका छन् । होटल तथा पर्यटन व्यवसायीको जिल्ला अधिवेशनबाट उनलाई अध्यक्षमा सर्वसम्मत चयन गरिएको हो । राउत चन्द्रनिगाहपुरस्थित होटल पशुपतिका सञ्चालक हुन् । हान रौतहटको कार्य समितिमा वरिष्ठ उपाध्यक्ष अरविन्द चौधरी, उपाध्यक्ष अमर श्रेष्ठ, महासचिव मदन तिमल्सिना, सचिव यज्ञ थापा र कोषाध्यक्ष गंगा खड्का चयन भएका छन् । होटल व्यवसायी महासंघ मधेश प्रदेशका अध्यक्ष हीरालाल गौतमले होटल तथा पर्यटन व्यवसायीको समस्या समाधानका लागि पहल गर्न महासंघ तयार रहेको बताए ।

होटल संघ नेपाल र अर्थमन्त्रीबीच भेटवार्ता

होटल संघ नेपाल र अर्थमन्त्रीबीच भेटवार्ता भएको छ। संघका अध्यक्ष सृजना राणाको नेतृत्वमा पदाधिकारी तथा सदस्यको टोलीले आज अर्थमन्त्री विष्णु पौडेलसमक्ष समग्र अर्थतन्त्रको वचाउ तथा होटल उद्योगको संरक्षणार्थ सुझाव प्रस्तुत गरेको...

नेपालका होटलबाट सिंगल युज प्लास्टिक हटाइने

१८ जेठ, काठमाडौं । नेपालका होटलले अब एक पटकमात्र प्रयोग गर्न मिल्ने प्लास्टिक प्रयोग बन्द गर्ने भएको छ । होटल संघ नेपाल (हान) ले बुधबार एक कार्यक्रम गरी एक पटक मात्र प्रयोग हुने प्लास्टिक (सिङ्गल युज प्लास्टिक) हटाउने अभियान प्रारम्भ गरेको हो । अब होटलले प्लास्टिकबाट बनेका एक पटक प्रयोग गरेर फाल्नुपर्ने ब्रस, काइयो, प्लास्टिक […]

होटल संघ गण्डकीको नयाँ कमिटी

होटल संघ नेपाल (हान) गण्डकीको नयाँ कार्यसमिति गठन गरिएको छ। संस्थाको अध्यक्षमा पुराना पर्यटन व्यवसायी हरिप्रसाद शर्मा गैह्रे निर्विरोध निर्वाचित भएका छन्।...

होटल संघ गण्डकीको नयाँ कमिटी

पोखरा । होटल संघ नेपाल (हान) गण्डकी गठन गरिएको छ । संस्थाको अध्यक्षमा पुराना पर्यटन व्यवसायी हरिप्रसाद शर्मा गैह्रे निर्विरोध निर्वाचित भएका छन् । गण्डकी प्रदेश स्थिति विभिन्न ११ जिल्लाका होटल संघका अध्यक्षहरुको भेलाले शर्मालाई अध्यक्ष चुन्दै नयाँ कार्यसमिति समेत चयन गरेको छ । शर्मा होटल संघ पोखरा नेपालका पूर्व अध्यक्ष एवं सल्लाहकार हुन् । […] The post होटल संघ गण्डकीको नयाँ कमिटी appeared first on राजधानी राष्ट्रिय दैनिक.

होटल संघ नेपाल र ट्रेड युनियनहरुबीच सम्झौता

होटल संघ नेपाल र ट्रेड युनियनहरुबीच सम्झौता भएको छ ।  होटल संघ नेपालकी अध्यक्ष सृजना राणाको अध्यक्षतामा संघका पदाधिकारी तथा पर्यटन तथा होटलसँग सम्वद्ध तीनवटै क्रियाशील केन्द्रीय स्तरका ट्रेड युनियन (नेपाल स्वतन्त्र होटल, क्यासिनो तथा रेस्टुरेन्ट मजदुर युनियन, अखिल नेपाल होटल, क्यासिनो तथा रेस्टुरेन्ट मजदुर संघ र नेपाल पर्यटन तथा होटल सम्वद्ध श्रमिक संघ) का अध्यक्ष र प्रतिनिधिहरु सहित बसेको संयुक्त बैठकले पर्यटन उद्योगको श्रम सम्बन्धलाई सौहार्दता प्रदान गर्दै होटल व्यवसाय सञ्चालनलाई निरन्तरता प्रदान गर्नका लागि सम्झौता गरेको हो।यस्ता छन् सम्झौताका बुँदाहरु ः १.     मिति २०७७ असार २८ र मितिः २०७७ माघ १३ गते होटल संघ नेपाल र होटल सम्बद्ध केन्द्रीय ट्रेड युनियन (नेपाल स्वतन्त्र होटल, क्यासिनो तथा रेस्टुरेन्ट मजदुर युनियन, अखिल नेपाल होटल, क्यासिनो तथा रेस्टुरेन्ट मजदुर संघ र नेपाल पर्यटन तथा होटल सम्वद्ध श्रमिक संघ)हरुको बीचमा गरिएको सामूहिक सम्झौता तात्कालीन परिस्थिति र समय अनुसार मनासिव थियो र सो सम्झौतामा उल्लेख भएका विषयहरुमा विवाद नगर्ने, विवाद भएमा वा रहेमा सम्झौता बमोजिम हुने । संचालनमा आएका होटलहरुका लागि मिति २०७६ साल चैत्र ११ गते भन्दा अगाडी श्रमिक तथा कर्मचारीहरुले प्राप्त गरेको तलव भत्ता, सेवासुविधा तथा सामूहिक सम्झौताबाट प्राप्त गरिएका सुविधाहरु उपलब्ध गराउने र नेपाल सरकारले वृद्धि गरेको पारिश्रमिकलाई लागू गर्ने । २.     कारोबार सञ्चालनमा नआएका होटल, बन्द तथा पुननिर्माणमा रहेका होटल र आंशिक सञ्चालनमा आएका होटल प्रतिष्ठानहरुको हकमा स्थानीय आधिकारीक युनियन वा क्रियाशिल ट्रेड युनियन र व्यवस्थापन बीचमा हुने आपसी सम्झौता बमोजिम हुने । ३.     होटल प्रतिष्ठान र श्रमिक तथा कर्मचारीहरु बीचमा विगतमा भए गरेका वा भविष्यमा हुने सम्झौताहरुको हकमा कुनै श्रम विवाद उत्पन्न हुन गएमा केन्द्रीय ट्रेड युनियन र होटल संघ नेपाल मार्फत समस्याको समाधान गरिनेछ । ४.     यदि भविष्यमा कुनै भवितव्य वा अकल्पनीय घटना वा कावुवाहिरको परिस्थिति सिर्जना हुन गएमा तत्कालै केन्द्रीय ट्रेड युनियन र होटल संघ नेपालको बैठक बसी छलफल र आपसी सहमति मार्फत त्यसबाट उत्पन्न भएका समस्याको समाधान गरिनेछ । ५.     बन्दा बन्दीको अवस्थामा भएका सम्झौताहरु कार्यान्वयन नभएका होटल तथा प्रतिष्ठानहरुले कार्यान्वयन गर्ने र सेवा शुल्क प्रतिष्ठानहरुले काममा बोलाएका वा नबोलाएका सम्पूर्ण श्रमिकहरुलाई दामासायी रुपमा सबैलाई वितरण गरिनु पर्ने ।

प्रचलित नीतिमा होटल चलाउन कठिन : हान

होटल संघ नेपाल (हान)ले संक्रमणकालीन व्यवस्था अनुरूप होटल उद्योगलाई बचाई राख्न निर्धारण गरेका कानुन तथा नीति अनुसार चल्न नसकिने जनाएको छ।...

होटल व्यवसायलाई जोगाउन होटल संघको माग

होटल संघ नेपाल (हान)ले होटललाई कोरोनाले सिर्जना गरेको विषम परिस्थितिमा होटल व्यवसायलाई जोगाउन प्रचलित नीति–नियम र कानुनी प्रावधानहरू स्थगन गर्दै सकारात्मक विभेद सहितको विशेष नीति अख्तियार गर्न सरकारसँग माग गरेको छ।...

होटलको तारा गनेर कर्मचारीलाई हजारमा तलब

होटल बन्द भएपछि बेरोजगार बनेका कर्मचारीलाई सञ्चालकले बन्द अवधिको निश्चित रकम उपल्बध गराउने भएका छन् । यस विषयमा होटल संघ नेपाल र पर्यटन तथा होटल क्षेत्रका क्रियाशील केन्द्रीय युनियनबीच सहमति भएको हो