काठमाडौँ : होटल संघ नेपालका अध्यक्ष विनायक साहले सात प्रदेशमा कम्तिमा एक–एक मेगा प्रोजेक्ट आउँदो लगानी सम्मेलनमा सरकारले देखाउन सक्नुपर्ने बताएका छन्। सरकारले आगामी वैशाख १६ र १७ गते गर्न लागेको लगानी सम्मेलनअघि सात प्रदेशमा कम्तिमा एक–एक मेगा प्रोजेक्ट फाइनल गर्नुपर्ने उनले सुझाव दिए। अध्यक्ष साहले सम्मेलनमा सरकारले विदेशी लगानी आकर्षण गर्नका लागि ठूला मेगा परियोजनाहरु देखाउन आवश्यक रहेको पनि बताए। उनले मुलुकको पर्यटकीय सम्भावनाको विषयमा प्रचार गर्न आवश्यक रहेको भन्दै त्यस