मंसिर २३, काठमाडौं । नारायणी डेभलपमेन्ट बैंकको हकप्रद शेयर सुरक्षित गर्ने आज (बिहीवार) अन्तिम दिन रहेको छ ।
कम्पनीले शतप्रतिशत हकप्रद शेयर निष्कासन प्रयोजनको लागि शुक्रवार (मंसिर २४ गते) बुक क्लोज गर्ने भएसँगै मंसिर २३ गते बिहीवारसम्म कायम शेयरधनीले हकप्रद शेयरमा आवेदन दिन सक्नेछन् ।
कम्पनीले आगामी पुस ७ गतेदेखि १३ लाख १२ हजार ३३८ कित्ता हकप्रद शेयर निष्कासन गर्न लागेको छ ।
उक्त हकप्रद शेयरमा आवेदकले मंसिर २७ गतेसम्म आवेदन दिन सक्नेछन् । विक्री प्रबन्धकमा ग्लोबल आइएमई क्यापिटल लिमिटेड रहेको छ ।