जेठ २६ काठमाडौं । हाइड्रोइलेक्ट्रीसिटी इन्भेष्टमेन्ट एण्ड डेभलपमेण्ट कम्पनीको हकप्रद शेयर सुरक्षित गर्ने अन्तिम दिन बिहीवारसम्म रहेको छ ।
कम्पनीले हकप्रद निष्कासन प्रयोजनको लागि जेठ २८ गते बुक क्लोज गरेसँगै बिहीवारसम्म कायम शेयरधनीले हकप्रद शेयरमा आवेदन दिन पाउनेछन् ।
कम्पनीले शतप्रतिशत हकप्रद शेयर निष्कासन गर्नका लागि बुक क्लोज गरेको हो । कम्पनीले हकप्रद शेयर निष्कासनको अनुमति नियामक निकाय नेपाल धितोपत्र बोर्डबाट गत जेठ ९ गते पाएको थियो ।
कम्पनीले अव ११ करोड कित्ता हकप्रद शेयर निष्कासन गर्नेछ । विक्री प्रबन्धकमा ग्लोबल आइएमई क्यापिटल लिमिटेड रहेको छ । हाल कम्पनीको चुक्तापूँजी रू. १६ अर्ब ५० करोड रहेको छ ।
शतप्रतिशत हकप्रद शेयर निष्कासन बाँडफाँट पश्चात कम्पनीको पूँजी रू. २७ अर्ब ५० करोड पुग्नेछ । कम्पनीले चालू आवको तेस्रो त्रैमाससम्ममा रू. ६३ करोड ८९ लाख ९० हजार नाफा कमाएको छ ।