वैशाख २८, काठमाडौं । अपि पावर कम्पनीको हकप्रद शेयर सुरक्षित गर्ने अन्तिम दिन मंगलवारसम्म रहेको छ ।
कम्पनीले हकप्रद शेयर निष्कासन प्रयोजनको लागि वैशाख २९ गते बुक क्लोज गरेसँगै मंगलवारसम्म कायम शेयरधनीले हकप्रद शेयरमा आवेदन गर्न सक्नेछन् ।
कम्पनीले रू. १०० अंकित दरको ५६ लाख ७० हजार कित्ता हकप्रद शेयर निष्कासन गर्न लागेको हो ।
हकप्रद शेयरको विक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटल लिमिटेड रहेको छ ।