चितवनमा जाम अझैं कायमै

चितवन, मंसिर १० । नेकपा एमालेको १० औं महाधिवेशनमा सहभागी कार्यक्रता घर फर्कने सवारी साधनको जाम अहिले पनि चितवनमा उस्तै छ । नेकपा एमालेको १० औं महाधिवेशनमा सहभागी कार्यक्रता घर फर्कने सवारी साधनको जाम अहिले पनि चितवनमा कायमै रहेको ट्राफिक प्रहरीले जनाएको छ । एम्बुलेन्सलाई भने आवतजावतमा कुनै समस्या नभएको प्रहरीको भनाइ रहेको छ । […]

सम्बन्धित सामग्री

नेताहरु जाममा फसेपछि एमाले केन्द्रीय कमिटी बैठक प्रभावित

नेकपा एमालेका नेताहरु ट्राफिक जाममा फसेपछि केन्द्रीय कमिटी बैठक प्रभावित भएको छ । नारायणगढदेखि सौराहासम्मको सडकमा ट्राफिक जाम भएपछि केन्द्रीय कमिटी बैठक प्रभावित भएको हो । ट्राफिक जाममा फसेपछि एमालेका सबै नेताहरु बैठकस्थलमा आइसकेका छैनन् । अध्यक्ष केपी शर्मा ओलीसमेत बैठकस्थलमा आइपुगेका छैनन् । चितवनमा एमालेको १० औं महाधिवेशन जारी छ । ९ औं महाधिवेशनबाट चुनिएको केन्द्रीय कमिटीको बैठक बस्न लागेको हो। बैठक आज बेलुका ८ बजे सौराहस्थित होटल जंगल क्राउनमा बस्दैछ । अहिले नेताहरु आउने क्रम जारी

एमाले महाधिवेशनले बेलुकीसम्मै राजमार्गमा ट्राफिक जाम

काठमाडौँ- एमालेको चितवनमा भइरहेको १० औँ महाधिवेशनको उद्घाटन सत्रका कारण शुक्रबार अबेरसम्मै चितवनको मुख्य राजमार्गमा सवारी अबरुद्ध भएको छ। कार्यक्रम सकिएको घन्टौँ बितिसक्दा पनि सर्वसाधारणहरु तथा नेता-कार्यकर्ताहरु बाटोमै थुनिएका छन्। यद्यपि सुरक्षाकर्मीहरुले ट्राफिक जाम खुलाउने प्रयास गरिरहेका छन्। एमाले महाधिवेशनका क्रममा शनिबारदेखि बन्द सत्र सुरु हुँदै छ।

एमाले महाधिवेशनसंगै चितवनमा सवारी अस्तव्यस्त

नेकपा एमालेको १०औं महाधिवेशनका कारण चितवनको विभिन्न स्थानका सडकमा सवारी जाम बढेको छ । दिउँसो नारायणी नदी किनारमा भएको महाधिवेशन उद्घाटन समारोहमा उपस्थित भएका कार्यकर्तासहित आम मानिसहरू साँझ घर फर्कनै लाग्दा विभिन्न सडकखण्डमा सवारी व्यवस्थापन अस्तव्यस्त बनेको हो ।

एमाले महाधिवेशनमा जाने सवारीको चापले नागढुंगामा जाम

१० मंसिर, काठमाडौं । नेकपा एमालेको चितवनमा भइरहेको महाधिवेशनमा जाने सवारीको चाप बढेपछि नागढुंगामा जाम भएको छ । काठमाडौंको प्रमुख नाकाका रुपमा रहेको नागढुंगामा सवारीको अधिक चापका कारण सवारीको आवागमन सुस्त भएको महानगरीय ट्राफिक प्रहरी …

महाधिवेशनस्थल पुग्दैछन् एमाले कार्यकर्ता, ठाउँठाउँमा जाम [तस्वीरहरू]

प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको १० औं राष्ट्रिय महाधिवेशन आजदेखि चितवनमा शुरू हुँदैछ । महाधिवेशनको उद्घाटन मध्याह्न १२ बजे नारायणगढस्थित नारायणी नदी किनारमा हुनेछ ।  देशका विभिन्न ठाउँबाट नेता/कार्यकर्ता नारायणी किनार पुगिरहेका छन् ।  एकैपटक धेरै ठाउँबाट कार्यकर्ताहरू पुग्दा अहिले नारायणी पुल वरपर तथा मुख्य राजमार्गमा पनि जाम भएको  छ ।

एमाले महाधिवेशन : धादिङको सडकमा गाडीको जाम, काठमाण्डौसम्मै असर

काठमाण्डाै - चितवनमा सुरु हुन लागेको एमालेको राष्ट्रिय महाधिवेशनका कारण सडकमा जाम भएको छ । विभिन्न ठाउँबाट एमालेका नेता कार्यकर्ता गाडी रिजर्भ गरेर चितवन जाँदै गरेकाले सडकमा जाम भएको हो । धादिङको खानीखोला लगायतका ठाउँमा बिहानैदेखि गाडीको चाप बढेको ट्राफिक प्रहरीले जनाएको छ । काठमाण्डौ प्रवेश गर्ने मुख्य राजमार्ग भएकाले यहाँ गाडीको चाप बढेको हो । गाडीको  चाप बढेपछि प्रहरीले काठमाण्डौको थानकोटमा गाडी  ‘होल्ड’ गरेको छ । महाधिवेशनमा जाने र निजी गाडीलाई पास गराए पनि ठूला गाडीलाई होल्ड गर...

एमाले प्रतिनिधिको ओइरोले राजमार्गमा चर्को जाम

दाउन्ने । बुटवल—नारायणगढ सडकको दाउन्नेमा गाडीको लामो जाम सुरु भएको छ। जामका कारण चितवनमा आयोजना हुने नेकपा एमालेको महाधिवेशनमा सहभागी हुन आएकाहरु बाटोमा रोकिएका छन् । दाउन्ने हुँदै सडकमार्गबाट चिवतन जाँदै गरेका पश्चिमका तीन वटा प्रदेशका एमाले नेता कार्यकर्ता जाममा परेका हुन्। निर्माणाधीन बुटवल—नारायणगढ सडकको दाउन्ने उकालो भएको र धेरै ठाउँमा एकतर्फी सवारी सञ्चालन हुने […]