नेकपा एमालेका नेताहरु ट्राफिक जाममा फसेपछि केन्द्रीय कमिटी बैठक प्रभावित भएको छ । नारायणगढदेखि सौराहासम्मको सडकमा ट्राफिक जाम भएपछि केन्द्रीय कमिटी बैठक प्रभावित भएको हो । ट्राफिक जाममा फसेपछि एमालेका सबै नेताहरु बैठकस्थलमा आइसकेका छैनन् । अध्यक्ष केपी शर्मा ओलीसमेत बैठकस्थलमा आइपुगेका छैनन् । चितवनमा एमालेको १० औं महाधिवेशन जारी छ । ९ औं महाधिवेशनबाट चुनिएको केन्द्रीय कमिटीको बैठक बस्न लागेको हो। बैठक आज बेलुका ८ बजे सौराहस्थित होटल जंगल क्राउनमा बस्दैछ । अहिले नेताहरु आउने क्रम जारी