एमाले प्रतिनिधिको ओइरोले राजमार्गमा चर्को जाम

दाउन्ने । बुटवल—नारायणगढ सडकको दाउन्नेमा गाडीको लामो जाम सुरु भएको छ। जामका कारण चितवनमा आयोजना हुने नेकपा एमालेको महाधिवेशनमा सहभागी हुन आएकाहरु बाटोमा रोकिएका छन् । दाउन्ने हुँदै सडकमार्गबाट चिवतन जाँदै गरेका पश्चिमका तीन वटा प्रदेशका एमाले नेता कार्यकर्ता जाममा परेका हुन्। निर्माणाधीन बुटवल—नारायणगढ सडकको दाउन्ने उकालो भएको र धेरै ठाउँमा एकतर्फी सवारी सञ्चालन हुने […]

सम्बन्धित सामग्री

बस र ट्यांकर ठोक्किएपछि चालक भागे, पृथ्वी राजमार्गमा अत्यासलाग्दो जाम

पृथ्वी राजमार्गअन्तर्गत धादिङको महादेववेशी–गजुरी सडक खण्डमा बस र तेल ट्यांकर ठोक्किएको छ । काठमाडौंबाट दाङ जाँदै गरेको ना.६ ख १२८५ नम्बरको बस र काठमाडौं आउँदै गरेको ना.७ ख ४२१३ नम्बरको ट्यांकर ठोक्किएर दुर्घटना हुँदा सो क्षेत्रमा अत्यासलाग्दो जाम भएको छ । बसले ट्यांकरलाई ओभर टेक गर्ने क्रममा दुर्घटना हुँदा दुई जना घाइते भएका इलाका प्रहरी कार्यालय खानीखोलाका इन्स्पेक्टर डबल बहादुर बमले रातोपाटीलाई बताए । बसमा सवार नारायणप्रसाद रिजाल र २७ वर्षीय कृष्ण विक घाइते भएका हुन् । रिजालको नाक र

पहिरोका कारण पृथ्वी हाइवेमा सवारीको लाम, ड्रोनबाट यस्तो देखियो जाम

अविरल वर्षाका कारण विभिन्न स्थानमा पहिरो खस्दा ठाउँठाउँका सडक अवरुद्ध भएका छन्। पृथ्वी राजमार्गमा पनि शुक्रवार बिहान विभिन्न स्थानमा पहिरो खसेको छ। पहिरोका कारण सडकमा सवारी साधनको लाम लागेको छ। तनहुँको म्याग्दे, घाँसी कुवालगायतका क्षेत्रमा पहिरो जाँदा बाटो अवरुद्ध भएपछि सवारी जाम बढेको हो। बिहानैबाट शुरु भएको जाम अझै जारी…

दशैंमा घर हिँडेकाहरु घण्टौं जाममा

काठमाडौंबाट बाहिरिने सवारी साधनको संख्या उच्च हुँदा काठमाडौंको प्रमुख नाका पृथ्वी राजमार्गमा जाम बढेको छ। प्रहरका अनुसार आइतबार बिहान बाटै जाम बढ्न थालेको हो।...

गाउँ फर्कनेको चापले अरनिको राजमार्गमा जाम

काठमाडौं । शुक्रवार हुने स्थानीय तहको निर्वाचनका लागि मतदान गर्न गाउँ फर्कनेको भीडका कारण अरनिको राजमार्ग अस्तव्यस्त बनेको छ । मतदानका लागि बुधवार बिहानैदेखि घर फर्कनेको चापका कारण राजमार्गमा जाम लागेको हो । बुधवारदेखि दुईपाङ्ग्रे तथा चारपाङ्ग्रे सवारीसाधनको लर्को लागेको छ । अरनिको राजमार्ग खण्डअन्तर्गत भक्तपुरको सल्लाघारीदेखि काभ्रे धुलिखेलसम्मै घण्टौं सडक जाम भएको छ । बिहानैदेखि बस स्टेसनमा बस चढ्न प्रतीक्षामा बसेकाको घुइँचो देखिन्थ्यो । साना तथा ठूला गाडी रिजर्भ गरेर गाउँ फर्कने र सार्वजनिक यातायातमा गाउँ फर्कने सवारीसाधनको समेत एकै पटक चाप बढेपछि अरनिको राजमार्ग घण्टौं जाम भएको हो । महानगरीय प्रहरी वृत्त जगातीका अनुसार बुधवार बिहान ४ बजेदेखि नै भक्तपुर हुँदै पूर्वतर्फ जाने यातायातका साधनको चाप ह्वात्तै बढेको हो । बुधवार दिनभरि नै सडक जाम हुँदा ट्राफिक व्यवस्थापनमा समस्या परेको प्रहरीको भनाइ छ । धुलिखेल अस्पताल जान थिमिबाट बिहान ८ बजे बस चढेका यात्रु ११ बजे मात्रै पुगेका थिए । सो सडक खण्डमा दुई घण्टा जाममा परेको थिमि राधेराधेकी सन्तोषी खड्काले बताइन् । मोटरसाइकल, माइक्रोबस, सुमो र ठूला बस गरी बुधवार मात्रै एक हजारभन्दा बढी यातायातका साधन पूर्वतर्फ गएको प्रहरीको भनाइ छ । काभ्रेबाट भक्तपुरतर्फ फर्किंदा समस्या नभए पनि काभ्रेतर्फ जाने सडक जाम भएपछि च्यामासिंह, ताथली नाला हुँदै बनेपा निस्कने गरी सवारीसाधनलाई डाइभर्सन गरिएको छ ।  रासस

गाउँ फर्कनेको चापले अरनिको राजमार्गमा घण्टौँ जाम

शुक्रबार हुने स्थानीय तहको निर्वाचनका लागि मतदान गर्न गाउँ फर्कनेको भीडका कारण अरनिको राजमार्ग खण्ड अस्तव्यस्त बनेको छ । मतदानका लागि बुधबारदेखि बिहानैदेखि घर फर्कनेको दुई तथा चारपाङ्ग्रे सवारीसाधनको लर्को लागेपछि अरनिको राजमार्ग खण्डअन्तर्गत भक्तपुरको सल्लाघारीदेखि काभ्रे धुलिखेलसम्मै घण्टौँ सडक जाम भएको हो ।बिहानैदेखि बस स्टेसनमा बस चढ्न प्रतीक्षामा बसेकाको घुइँचो देखिन्थ्यो भने साना तथा ठूला गाडी रिजर्भ गरेर गाउँ फर्कने र सार्वजनिक यातायातमा गाउँ फर्कने सवारीसाधनको समेत एकै पटक चाप बढेपछि अरन

बालकको मृत्यु रहस्य पत्ता लगाउन माग गर्दै कोशी राजमार्गमा चक्काजाम

खोला किनारमा अर्धनग्न अवस्थामा मृत भेटिएका १४ वर्षीय बालकको मृत्यु रहस्य पत्ता लगाउन माग गर्दै मोरङमा आफन्त र स्थानीयले कोशी राजमार्गमा चक्का जाम गरेका छन्। एक महिनाअघि घरबाट हराएका बालक...

एमाले महाधिवेशनले बेलुकीसम्मै राजमार्गमा ट्राफिक जाम

काठमाडौँ- एमालेको चितवनमा भइरहेको १० औँ महाधिवेशनको उद्घाटन सत्रका कारण शुक्रबार अबेरसम्मै चितवनको मुख्य राजमार्गमा सवारी अबरुद्ध भएको छ। कार्यक्रम सकिएको घन्टौँ बितिसक्दा पनि सर्वसाधारणहरु तथा नेता-कार्यकर्ताहरु बाटोमै थुनिएका छन्। यद्यपि सुरक्षाकर्मीहरुले ट्राफिक जाम खुलाउने प्रयास गरिरहेका छन्। एमाले महाधिवेशनका क्रममा शनिबारदेखि बन्द सत्र सुरु हुँदै छ।

दाउन्नेको ‘एस मोड’ मा गाडी बिग्रिँदा लामो जाम

पराल बोकेका तीन वटा भारतीय गाडी पूर्व पश्चिम राजमार्गको मध्यभागमा पर्ने नवलपरासीको दाउन्नेमा बिग्रिँदा झण्डै ३० घण्टादेखि राजमार्गमा गाडीको जाम लागेको छ । लुम्बिनी प्रदेश ट्राफिक प्रहरी कार्यालय, बुटवलका डिएसपी डिल्ली नारायण पाण्डेले सडकमा गाडीको जाम भए पनि ‘वान वे’ रुपमा सडक सुचारु रहेको जानकारी दिए ।   पाण्डेले लोकान्तरसँग भने, ‘सडक बिग्रिएको हुुँदा वान वे चल्दा पनि जाम हटेको छैन । गाडी मर्मत गरेर दुुवैतर्फी बाटो सञ्चालन गर्ने प्रयास जारी छ । गाडीको चाप बढी भएकोले बाटो एकतर्फी हुँदा जाम पू...