काठमाण्डाै - चितवनमा सुरु हुन लागेको एमालेको राष्ट्रिय महाधिवेशनका कारण सडकमा जाम भएको छ ।
विभिन्न ठाउँबाट एमालेका नेता कार्यकर्ता गाडी रिजर्भ गरेर चितवन जाँदै गरेकाले सडकमा जाम भएको हो । धादिङको खानीखोला लगायतका ठाउँमा बिहानैदेखि गाडीको चाप बढेको ट्राफिक प्रहरीले जनाएको छ । काठमाण्डौ प्रवेश गर्ने मुख्य राजमार्ग भएकाले यहाँ गाडीको चाप बढेको हो ।
गाडीको चाप बढेपछि प्रहरीले काठमाण्डौको थानकोटमा गाडी ‘होल्ड’ गरेको छ । महाधिवेशनमा जाने र निजी गाडीलाई पास गराए पनि ठूला गाडीलाई होल्ड गर...