अब क्यूआर कोड प्रयोग गरी ट्राफिक जरिमाना तिर्न सकिने

काठमाडौं । काठमाडौं उपत्यकामा ‘क्यूआर कोड प्रयोग (स्क्यान) गरी ट्राफिक जरिमाना तिर्न सकिने व्यवस्था सुरु भएको छ । काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालय र कुमारी बंैक लिमिटेडबीच सहकार्यबाट यो प्रविधि जडान गरी जरिमाना तिर्ने प्रक्रियालाई सहजीकरण गरेको हो । काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले बिहीबार एक कार्यक्रमबीच यो सेवा शुभारम्भ गरेको हो । सो सेवा […] The post अब क्यूआर कोड प्रयोग गरी ट्राफिक जरिमाना तिर्न सकिने appeared first on राजधानी राष्ट्रिय दैनिक.

सम्बन्धित सामग्री

“काठमाडौं उपत्यकामा क्यूआर कोड प्रयोग गरी  ट्राफिक जरिवाना तिर्न सकिने”

काठमाडौं उपत्यकामा ‘क्यूआर कोड प्रयोग (स्क्यान) गरी ट्राफिक जरिवाना तिर्न सकिने व्यवस्था सुरू भएको छ। काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालय र कुमारी बैंक लिमिटेडबीच सहकार्यबाट यो प्रविधि जडान गरी जरिवाना तिर्ने प्रक्रियालाई सहजीकरण गरेको हो ।काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले बिहीबार एक कार्यक्रमका बीच यो सेवा शुभारम्भ गरेको हो । कार्यक्रममा बोल्दै कार्यालय प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक उमेश राज जोशीले ट्राफिक नियम उल्लङ्घन गरे सेवाग्राहीहरुले आफ्नो डिजिटल वालेट वा मोवाईल ब

उपत्यकामा ‘क्यूआर कोड' प्रयोग गरी ट्राफिक जरिवाना तिर्न सकिने

काठमाडौं : काठमाडौं उपत्यकामा ‘क्यूआर कोड'काे प्रयोग (स्क्यान) गरी ट्राफिक जरिवाना तिर्न सकिने व्यवस्था शुरू भएको छ।काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालय र कुमारी बैंक लिमिटेडकाे सहकार्यमा यो प्रविधि जडान गरी जरिवाना तिर्ने प्रक्रियालाई सहजीकरण गरिएको हो।काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले आज बिहीबार एक कार्यक्रमका बीच यो सेवा शुभारम्भ गरेको हो।सेवा प्रारम्भ भएसँगै जरिवाना रकम तिर्न बैङ्क खोज्न भौँतारिनुपर्ने वा नगद पैसा बोकेर बैङ्कमा घण्टौँ लाइनमा बस्नुपर्ने बाध्यत

ट्रायल पास गरेकै दिन परीक्षणकालीन लाइसेन्स दिने सरकारको तयारी

पुस १४, काठमाडौं । सरकारले सवारी चालक अनुमति पत्रको परीक्षा उत्तीर्ण गरेका चालकलाई सोही दिन परीक्षणकालीन सवारीचालक अनुमति पत्र (लाइसेन्स) वितरण गर्ने तयारी गरेको छ । मंगलवार यातयात व्यवस्था विभागमा आयोजित एक कार्यक्रममा बोल्दै भौतिक पूर्वाधार तथा यातायात मन्त्री रेणुकुमारी यादवले चालकलाई ट्रायल पास गरेकै दिन क्यूआर कोड सहितको परीक्षणकालीन लाइसेन्स दिने तयारी भइरहेको बताएकी हुन् । नयाँ स्मार्ट अनुमतिपत्र प्राप्त नहुञ्जेलसम्मका लागि विभागले परीक्षणकालीन लाइसेन्स प्रयोगमा ल्याएको हो ।  स्मार्ट लाइसेन्स छपाइमा भएको ढिलाईका कारण सवारीचालक अनुमति पत्र लिन सेवाग्राही वर्षदिन कुुर्नपर्ने बाध्यताका कारण त्यसको विकल्पको रुपमा विभागले अस्थायीरुपमा एक वर्ष अवधिको परीक्षणकालीन लाइसेन्स दिन शुरु गरेको हो । विभागले भदौदेखि ट्रायल उत्तीर्ण गरेका र नवीकरणका लागि निवेदन दिएकाहरूलाई क्यूआर कोडसहितको एउटै किसिमको पीभीसी कार्ड प्रयोगमा ल्याएको छ । ट्राफिकले क्यूआर कोडका आधारमा चालकको लाइसेन्स जाँच गर्ने विभागले जानकारी दिएको छ । कार्डमा चालकको सम्पूर्ण आवश्यक विवरण ट्राफिकले आफ्नो मोबाइल फोनमार्फत थाहा पाउन सक्नेछन् । यस्तो कार्डले ट्राफिक उल्लघंन घट्ने विश्वास विभागको छ ।

यातायात व्यवस्था कार्यालय सुर्खेत : परीक्षणकालीन सवारीचालक अनुमतिपत्र वितरण शुरू

सुर्खेत (अस) । यातायात व्यवस्था कार्यालय, सुर्खेतले परीक्षणकालीन सवारीचालक अनुमतिपत्र वितरण शुरू गरेको छ । परीक्षणकालीन सवारीचालक अनुमतिपत्र वितरण शुरू भएसँगै ट्रायल परीक्षा पास गरेका नयाँ सेवाग्राहीले चिट बोकेर हिँड्नुपर्ने बाध्यता हटेको छ भने स्मार्टकार्ड पर्खिनु नपर्ने भएको छ । सुर्खेतमा आइतवार एक कार्यक्रमका बीच भौतिक पूर्वाधार तथा शहरी विकास मन्त्री अम्मरबहादुर थापाले परीक्षणकालीन सवारीचालक अनुमतिपत्र वितरणको शुभारम्भ गरेका हुन् । उनले ट्रायल परीक्षा पास गरेकालाई लाइसेन्स नपाएर समस्या खेप्नुपर्ने बाध्यता अन्त्य भएको बताए । यातायात व्यवस्था विभागले २९ वर्षपछि यातायात व्यवस्था ऐन लागू गर्ने निर्णय गरेसँगै सुर्खेतसहित सहित देशका विभिन्न भागमा सो निर्णय लागू भएको छ । ट्रायल परीक्षा पास गरेपछि १ वर्षसम्मको अवधि राखेर परीक्षणकालीन लाइसेन्स दिइने व्यवस्था गरिएको हो । यो अवधिमा पाँच गल्ती गरेमा लाइसेन्स नै खारेज हुने यातायात व्यवस्था कार्यालय सुर्खेतका प्रमुख आन्दन चपाईंले जानकारी दिए । उनले यसअघि पास भएका चालकलाई यातायात कार्यालयले रसिद दिँदै आएकोमा अब क्यूआर कोड जडान गरिएको परीक्षणकालीन कार्ड तत्काल वितरण गरिने बताए । ट्रायल परीक्षा पास गरेर राजस्व तिरेको रसिद देखाउँदा पनि ट्राफिक प्रहरीले जरीवाना लगाउने गरेको गुनासो बढ्दो थियो । क्यूआर कोड जडान गरिएको परीक्षणकालीन कार्ड तत्काल वितरण हुने भएपछि सेवाग्राहीले भोग्दै आएको समस्या पनि समाधान हुने भएको छ । नयाँ सवारी चालक अनुमतिपत्र बाहकले लिखित तथा ट्रायल परीक्षा पास गरेपछि राजस्व दाखिला गरी रसिद काटेकै दिन परीक्षणकालीन कार्ड उपलब्ध गराइने यातायात व्यवस्था कार्यालयका प्रमुख चपाईंले जानकारी दिए । ‘क्यूआर कोड जडित कार्ड नक्कली हो कि सक्कली हो भन्ने परीक्षण गर्न सकिन्छ,’ चपाईंले भने । लामो समयदेखि नयाँ स्मार्टकार्ड अभाव भइरहेका बेला परीक्षणकालीन कार्ड वितरणले सेवाग्राहीलाई सहज हुने उनले बताए । स्मार्ट कार्ड नहुँदा दोष खेपिरहेका यातायात कार्यालयका कर्मचारीलाई समेत उक्त व्यवस्थाले राहत दिएको छ । हालैमात्र चालक अनुमतिपत्रका लागि ट्रायल पास गरेका नयाँ सेवाग्राहीलाई परीक्षणकालीन कार्ड दिने व्यवस्था गरिएको कार्यालयले बताएको छ । इगलआई आईटी सर्भिस र मालिका इन्कर्पाेरेट प्रालिको प्राविधिक सहकार्यमा देशभर परीक्षणकालीन चालक अनुमतिपत्रको व्यवस्थापन मिलाइएको हो ।

काठमाडौं उपत्यकामा ‘क्यूआर कोड’ प्रयोग गरी ट्राफिक जरिवाना तिर्न सकिने

काठमाडौं उपत्यकामा ‘क्यूआर कोड’ प्रयोग गरी ट्राफिक जरिवाना तिर्न सकिने व्यवस्था भएको छ। महानगरीय ट्राफिक प्रहरी महाशाखाले नयाँ सफ्टवेर विकास गरी जरिवाना तिर्ने प्रक्रियालाई सहजीकरण गरेको हो। महाशाखाले आज बिहीबार एक...

ट्राफिक नियम उल्लंघन गर्नेले अब मोबाइलबाटै जरिवाना तिर्न पाउने

काठमाडौं : काठमाडौं उपत्यकामा ट्राफिक नियम उल्लंघन गर्ने सवारी चालकले अब जरिवाना रकम क्यूआर कोडबाटै भुक्तानी गर्नसक्ने भएका छन्। महानगरीय ट्राफिक प्रहरी महाशाखाले क्यूआर पे मार्फत् भुक्तानी गर्ने सेवाको आज दिउँसो १ बजे शुभारम्भ गर्ने जनाएको छ। महाशाखाका अनुसार जरिवानामा पर्ने चालकलाई अब ट्राफिक प्रहरीले क्युआर कोड भएको रसिद दिनेछ। रसिद लिएर जरिवाना रकम जम्मा गर्न बैंक धाउनुपर्ने बाध्यता हट्नेछ। मोबाइलबाटै क्यूआर कोड स्क्यान गरी राजश्व तिर्न सक्ने महाशाखाले जनाएको छ।

अब मोबाइलबाटै ट्राफिक जरिमाना भुक्तानी गर्न सकिने

ट्राफिक नियम उल्लंघनकर्ताले अब बैंकमा गएर जरिमानाबापतको रकम तिर्नुपर्ने समस्या हट्ने भएको छ । महानगरीय ट्राफिक प्रहरी महाशाखाले चालकले क्यूआर कोडबाटै जरिमाना भुक्तानी गर्न पाउने व्यवस्था गरेकाले यो समस्या हट्न लागेको हो । महाशाखाले आज बिहीबारदेखि औपचारिक रूपमा यो कार्यक्रमको थालनी गर्ने भएको छ । ट्राफिक प्रहरीले यसका लागि क्यूआर कोडबाट पनि भुक्तानी गर्न मिल्नेगरी सफ्टवेयर विकाससमेत गरेको छ । डिउटीमा खटिएका ट्राफिक प्रहरीले अब सवारी नियम उल्लंघन गर्ने चालकलाई क्यूआर कोड भएको चिट दिनेछ । त्यसपछि नियम उल्लंघनकर्ताले सोही क्यूआ...

२९ वर्षपछि ऐनको व्यवस्था लागू

काठमाडौं । यातायात व्यवस्था विभागले यातायात व्यवस्था ऐनले गरेको व्यवस्था २९ वर्षपछि लागू गर्ने भएको छ । सवारी तथा यातायात व्यवस्था ऐन २०४९ ले व्यवस्था गरेको परीक्षणकालीन चालक अनुमतिपत्र (लाइसेन्स) लागू गर्न लागेको हो । विभागले लाइसेन्सको परीक्षा उत्तीर्ण गरेका चालकलाई १ वर्षका लागि परीक्षणकालीन लाइसेन्स दिने तयारी गरेको छ । जेठ १ गतेदेखि नै परीक्षणकालीन लाइसेन्स वितरण गरिने विभागका प्रवक्ता लोकनाथ भुसालले जानकारी दिए । ‘ऐनले नै परीक्षा पास गरेलगत्तै लाइसेन्स दिन नमिल्ने व्यवस्था गरेकोमा हालसम्म परीक्षणकालीन लाइसेन्स वितरण गरिएको छैन,’ उनले भने, ‘चालकको सहजताका लागि परीक्षा पास गरेपछि यस्तो लाइसेन्स दिने व्यवस्था गर्न लागेका हौं ।’ सवारी तथा यातायात व्यवस्था ऐन, चालक अनुमतिपत्र (लाइसेन्स) को परीक्षामा उत्तीर्ण भएकालाई लाइसेन्स दिने व्यवस्था गरेको छ । परीक्षा पास गरेपछि १ वर्षसम्म परीक्षणकाल राखेर परीक्षणकालीन लाइसेन्स दिइने व्यवस्था ऐनले गरेको छ । ऐनको दफा ५० मा परीक्षा पास गरेका चालकलाई लाइसेन्स उपलब्ध गराउने व्यवस्था छ । ऐनको दफा ५१ मा शुरूको १ वर्ष लाइसेन्सको परीक्षण काल रहने बताइएको छ । दफा ५१ मा लेखिएको छ, ‘दफा ५० बमोजिम दिइने चालक अनुमतिपत्र शुरूमा १ वर्षका लागि परीक्षणकालमा रहने गरी दिइनेछ ।’ उक्त अवधिभित्र पाँचपटक भन्दा बढी ट्राफिक नियम उल्लंघन गरेमा लाइसेन्स नदिइने उल्लेख गरिएको छ । हालसम्म परीक्षणकालीन लाइसेन्सको व्यवस्था विभागले गर्न सकेको थिएन । विभागले २०४९ यता लाइसेन्सको परीक्षा उत्तीर्ण गर्ने चालकलाई सीधै लाइसेन्स दिने गरेको छ । विभागले २०७४ देखि कागजी लाइसेन्सको सट्टा डिजिटल स्मार्ट लाइसेन्स वितरण शुरू गरेको थियो । नक्कली लाइसेन्स प्रिन्ट हुनबाट रोक्न कार्डमा क्यूआर कोड राखिने भएको छ । प्रवक्ता भुसालका अनुसार परीक्षणकालीन अवधिमा पाँचपटक भन्दा बढी ट्राफिक नियम उल्लंघन गरेमा ऐनअनुसार लाइसेन्स कार्डका लागि पुनः शुरूदेखि नै प्रक्रिया शुरू गर्नुपर्नेछ । उक्त अवधिमा ट्राफिक नियम उल्लंघन पाँच पटकभन्दा कम भएमा परीक्षणकालीन लाइसेन्सलाई स्थायी बनाइने जानकारी उनले दिए ।