काठमाडौं : काठमाडौं उपत्यकामा ‘क्यूआर कोड'काे प्रयोग (स्क्यान) गरी ट्राफिक जरिवाना तिर्न सकिने व्यवस्था शुरू भएको छ।काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालय र कुमारी बैंक लिमिटेडकाे सहकार्यमा यो प्रविधि जडान गरी जरिवाना तिर्ने प्रक्रियालाई सहजीकरण गरिएको हो।काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले आज बिहीबार एक कार्यक्रमका बीच यो सेवा शुभारम्भ गरेको हो।सेवा प्रारम्भ भएसँगै जरिवाना रकम तिर्न बैङ्क खोज्न भौँतारिनुपर्ने वा नगद पैसा बोकेर बैङ्कमा घण्टौँ लाइनमा बस्नुपर्ने बाध्यत