काठमाडौं : काठमाडौं उपत्यकामा ट्राफिक नियम उल्लंघन गर्ने सवारी चालकले अब जरिवाना रकम क्यूआर कोडबाटै भुक्तानी गर्नसक्ने भएका छन्। महानगरीय ट्राफिक प्रहरी महाशाखाले क्यूआर पे मार्फत् भुक्तानी गर्ने सेवाको आज दिउँसो १ बजे शुभारम्भ गर्ने जनाएको छ। महाशाखाका अनुसार जरिवानामा पर्ने चालकलाई अब ट्राफिक प्रहरीले क्युआर कोड भएको रसिद दिनेछ। रसिद लिएर जरिवाना रकम जम्मा गर्न बैंक धाउनुपर्ने बाध्यता हट्नेछ। मोबाइलबाटै क्यूआर कोड स्क्यान गरी राजश्व तिर्न सक्ने महाशाखाले जनाएको छ।