प्रधानन्यायाधीशकै अनुपस्थितिमा गोलाप्रथाबाट पेसी तोक्ने नियमावली पारित

सर्वोच्च अदालतका १८ जना न्यायाधीश सम्मिलित बैठकले गोलाप्रथाबाट पेसी तोक्ने नियमावली पारित गरेको छ । बिहीबार प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराबाहेकका न्यायाधीशहरूको बैठकले ‘गोला प्रक्रियाद्वारा पेसी व्यवस्थापनसम्बन्धी कार्यविधि निर्देशिका २०७८’ स्वीकृत गरेको हो । सर्वोच्च अदालतको नियमावलीअनुसार प्रधानन्यायाधीशको अध्यक्षतामा फुलकोर्ट बैठक बस्ने प्रावधान भए पनि इजलास बहिष्कार गरेका सर्वोच्चका १८ न्यायाधीशहरूले बैठक बसेर पेसी व्यवस्थापन कार्यविधि पारित गरेका हुन् । पेसी तोक्ने नियमावली पारित भएर कार्यान्वयनमा आए न्याय...

सम्बन्धित सामग्री

विशेष अदालतले २१ वर्षपछि पायो नियमावली, गोलाबाटै पेसी तोकिने

ऐन आएको २१ वर्षपछि विशेष अदालत नियमावली जारी भएको छ । २५ असोजमा नेपाल राजपत्रमा प्रकाशित भएसँगै विशेष अदालत नियमावली, २०८० लागू भएको हो । नयाँ नियमावलीमा गोलाप्रथाबाटै पेसी तोकिने व्यवस्था गरिएको छ ।...

सर्वोच्चमा गोलाप्रथाबाट पेसी तोक्ने बाटो खुल्यो

काठमाडौं । सर्वोच्च अदालतमा गोलाप्रथाबाट पेसी तोक्ने बाटो खुला भएको छ । गोलाप्रथाबाट पेसी तोक्नेसम्बन्धी नियमावली सोमबार राजपत्रमा प्रकाशित भएसँगै यो बाटो खुलेको हो । राजपत्रमा सर्वोच्च अदालत (दोस्रो संशोधन) नियमावली, २०७८ सम्बन्धी सूचना प्रकाशित भएको हो । सर्वोच्च अदालतका १८ न्यायाधीश सम्मिलित बैठकले गोलाप्रथाबाट पेसी तोक्ने नियमावली संशोधन गर्दै पारित गरेको थियो । सो […] The post सर्वोच्चमा गोलाप्रथाबाट पेसी तोक्ने बाटो खुल्यो appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal.

प्रधानन्यायाधीशको पेसी तोक्ने अधिकार खोसियो

न्यायालयको इतिहासमा प्रधानन्यायाधीशले लिँदै आएको एउटा अधिकार कटौती भएपछि अदालतमा समस्याको रूपमा रहेको बिचौलिया हट्ने अपेक्षा गरिएको छ। दैनिक रूपमा प्रधानन्यायाधीशले तोक्दै आएको मुद्दाको पेसी अब गोला प्रक्रिया (अटोमेसन) प्रणालीमा लगिएको छ।सर्वोच्च अदालत नियमावली संशोधन सोमबार राजपत्रमा प्रकाशित भएपछि गोला प्रक्रियाबाट पेसी तोकिने प्रक्रियाले पूर्णता पाएको छ।सम्भवतः मंगलबार पूर्ण बैठक बसेर त्यसको कार्यान्वयनका लागि दिन तोकिनेछ।अदालतमा देखिएको विवादको एउटा जड पेसी व्यवस्थापन थियो। गोला प्रक्रियामा

गोलाप्रथाबाट पेसी तोक्न प्रधानन्यायाधीशकै अध्यक्षतामा समिति

काठमाडौं : सर्वोच्च अदालतले प्रधानन्यायाधीशको तजबिजी अधिकार कटौती गर्दै गोलाप्रथाबाट पेसी तोक्ने गरी सर्वोच्च अदालत नियमावली संशोधन गरेको छ। सर्वोच्च अदालत (दोस्रो संशोधन) नियमावली २०७८ सोमबार राजपत्रमा प्रकाशित भएसँगै प्रधानन्यायाधीशको तजबिजी अधिकार कटौती भएको हो। मंसिर २ गतेको सर्वोच्च अदालतको पूर्ण बैठकले गोलाप्रथाबाट पेसी तोक्ने गरी नियमावली संशोधन गरेको थियो ।नियमावली संशोधन भएपछि अब प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराको पेसी तोक्ने अधिकार कटौती भएको छ। 'अदालतमा दर्ता भएको म

सर्वोच्चमा गोलाप्रथाबाट पेसी तोक्ने व्यवस्था राजपत्रमा प्रकाशित

काठमाण्डाै – गोलाप्रथाबाट दैनिक पेसी तोक्ने व्यवस्थासहितको सर्वोच्च अदालत (दोस्रो संशोधन) नियमावली राजपत्रमा प्रकाशित भएको छ । आज नियमावली राजपत्रमा प्रकाशित भएसँगै अब सर्वोच्च अदालतका पेसी गोलाप्रथाबाट तोकिनेछन् । यसअघि गएको बिहीवार बसेको सर्वोच्चका १८ जना न्यायाधीशको 'फुल काेर्ट' अर्थात् पूर्ण बैठकले नियमावली संशोधन गरेर कानुन मन्त्रालयमा पठाएको थियो । आज राजपत्रमा प्रकाशित भएको संशोधित नियमावलीमा भएका व्यवस्था कहिलेदेखि कार्यान्वयन गर्ने भनेर फेरि पूर्ण बैठकले नै निर्णय गर्नुपर्नेछ । अहिलेसम्म प्रधान...

प्रधानन्यायाधीशले तोके ११ वटा पेसी

काठमाडौँ । प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले आइतबारका लागि ११ वटा इजलासमा पेसी तोकेका छन् । प्रधानन्यायाधीश जबराले आइतबारका लागि १० वटा संयुक्त इजलास र एक वटा एकल इजलास गठन गरेका हुन् । बिहीबार सर्वोच्चको पूर्ण बैठकबाट गोलाप्रथाबाट पेसी तोक्नका लागि नियमावली संशोधन भई निर्देशिका समेत बनेको भएपनि कानून मन्त्रालयले उक्त विषय राजपत्रमा प्रकाशित गरिसकेको छैन । […]

न्यायालय विवादः अब गोला प्रक्रियाबाट पेसी

काठमाडौं, मंसिर २ । गोला प्रक्रियाबाट मुद्दाको दैनिक पेसी तोक्न नियमावली र निर्देशिका संशोधन गर्दै न्यायपालिकामा देखिएको समस्या समाधान उन्मुखतिर गएको छ। झन्डै चार सातादेखि अवरुद्ध न्याय सम्पादन सर्वोच्च अदालतमा बिहीबार बसेको पूर्ण (सबै न्यायाधीश सम्मिलित) बैठकले गोला प्रक्रियामा पेसी तोक्ने निर्णय गरेपछि समाधान उन्मुख भएको हो। न्यायालयको इतिहासमा अहिलेसम्म प्रधानन्यायाधीशले दैनिक आफूखुसी मुद्दाको पेसी […]