गोलाप्रथाबाट पेसी तोक्न प्रधानन्यायाधीशकै अध्यक्षतामा समिति

काठमाडौं : सर्वोच्च अदालतले प्रधानन्यायाधीशको तजबिजी अधिकार कटौती गर्दै गोलाप्रथाबाट पेसी तोक्ने गरी सर्वोच्च अदालत नियमावली संशोधन गरेको छ। सर्वोच्च अदालत (दोस्रो संशोधन) नियमावली २०७८ सोमबार राजपत्रमा प्रकाशित भएसँगै प्रधानन्यायाधीशको तजबिजी अधिकार कटौती भएको हो। मंसिर २ गतेको सर्वोच्च अदालतको पूर्ण बैठकले गोलाप्रथाबाट पेसी तोक्ने गरी नियमावली संशोधन गरेको थियो ।नियमावली संशोधन भएपछि अब प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराको पेसी तोक्ने अधिकार कटौती भएको छ। 'अदालतमा दर्ता भएको म