सर्वोच्चमा गोलाप्रथाबाट पेसी तोक्ने व्यवस्था राजपत्रमा प्रकाशित

काठमाण्डाै – गोलाप्रथाबाट दैनिक पेसी तोक्ने व्यवस्थासहितको सर्वोच्च अदालत (दोस्रो संशोधन) नियमावली राजपत्रमा प्रकाशित भएको छ । आज नियमावली राजपत्रमा प्रकाशित भएसँगै अब सर्वोच्च अदालतका पेसी गोलाप्रथाबाट तोकिनेछन् । यसअघि गएको बिहीवार बसेको सर्वोच्चका १८ जना न्यायाधीशको 'फुल काेर्ट' अर्थात् पूर्ण बैठकले नियमावली संशोधन गरेर कानुन मन्त्रालयमा पठाएको थियो । आज राजपत्रमा प्रकाशित भएको संशोधित नियमावलीमा भएका व्यवस्था कहिलेदेखि कार्यान्वयन गर्ने भनेर फेरि पूर्ण बैठकले नै निर्णय गर्नुपर्नेछ । अहिलेसम्म प्रधान...

सम्बन्धित सामग्री

गोला प्रणालीबाट इजलास

सर्वोच्च अदालतमा बुधबारदेखि गोला प्रणालीबाट पेसी तोकिँदैछ । गोला प्रणालीबाट पेसी व्यवस्थापन गर्नेबारे संशोधित सर्वोच्च अदालत नियमावली बुधबारदेखि कार्यान्वयनमा आउन लागेको हो । नियमावली कार्यान्वयन गर्नेबारेको सूचना सोमबार नेपाल राजपत्रमा प्रकाशित भइसकेको छ । गोला प्रणाली सुरु भएसँगै सर्वोच्चमा पछिल्लो एक महिनाभन्दा लामो समयदेखि भइरहेको न्याय सम्पादनको अवरुद्धता समेत हट्नेछ । अहिले प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको न्यायिक निष्ठामा प्रश्न उठेको भन्दै न्यायाधीशहरूले अघोषित रूपमा इजलास बहिष्कार गरिरहेका छन् । पहिलो पटक गोला प्रणालीबाट पेसी तोकिन लागेको हो । अहिले सर्वोच्च अदालतको दैनिक पेसी सूची प्रधानन्यायाधीशले तोक्ने अभ्यास छ । गोला प्रणाली लागू भएसँगै पेसी तोक्ने प्रधानन्यायाधीशको अधिकार कटौती हुनेछ ।

सर्वोच्चमा मंसिर १५ बाट गोला प्रणाली लागु गर्नेबारेको सूचना राजपत्रमा

सर्वोच्च अदालतमा मंसिर १५ गतेदेखि गोला प्रथाबाट मुद्दाको पेसी व्यवस्थापन गर्नेबारेको सूचना राजपत्रमा प्रकाशित भएको छ। सूचना आज सोमबार राजपत्रमा प्रकाशित भएको हो।  गत बिहीबार सर्वोच्च अदालतका १८ न्यायाधीशहरुको पूर्ण बैठक...

सर्वोच्चमा गोलाप्रथाबाट पेसी तोक्ने बाटो खुल्यो

काठमाडौं । सर्वोच्च अदालतमा गोलाप्रथाबाट पेसी तोक्ने बाटो खुला भएको छ । गोलाप्रथाबाट पेसी तोक्नेसम्बन्धी नियमावली सोमबार राजपत्रमा प्रकाशित भएसँगै यो बाटो खुलेको हो । राजपत्रमा सर्वोच्च अदालत (दोस्रो संशोधन) नियमावली, २०७८ सम्बन्धी सूचना प्रकाशित भएको हो । सर्वोच्च अदालतका १८ न्यायाधीश सम्मिलित बैठकले गोलाप्रथाबाट पेसी तोक्ने नियमावली संशोधन गर्दै पारित गरेको थियो । सो […] The post सर्वोच्चमा गोलाप्रथाबाट पेसी तोक्ने बाटो खुल्यो appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal.

सर्वोच्चमा गोलाप्रथाबाट पेसी तोक्ने सूचना राजपत्रमा प्रकाशित

सर्वोच्च अदालतमा गोलाप्रथाबाट पेसी तोक्ने बाटो खुला भएको छ । त्यससम्बन्धी सूचना राजपत्रमा प्रकाशित भएसँगै गोलाप्रथाबाट पेसी तोक्ने बाटो खुलेको हो ।