गोलाप्रथाबाट पेसी तोक्ने नियमावली राजपत्रमा, प्रधानन्यायाधीशको तजबिजी अधिकार कटौती
गोला प्रक्रियाबाट पेसी तोक्ने नियमावली राजपत्रमा प्रकाशित भएको छ। सर्वोच्च अदालतका न्यायाधीशहरुको पूर्ण बैठक (फुलकोर्ट)को निर्णयअनुसार गोला प्रक्रियाबाट पेसी व्यवस्थापनका लागि पारित नियमावली राजपत्रमा प्रकाशीत भएको हो। सर्वोच्च अदालत (दोस्रो...
काठमाडौं : सर्वोच्च अदालतले प्रधानन्यायाधीशको तजबिजी अधिकार कटौती गर्दै गोलाप्रथाबाट पेसी तोक्ने गरी सर्वोच्च अदालत नियमावली संशोधन गरेको छ। सर्वोच्च अदालत (दोस्रो संशोधन) नियमावली २०७८ सोमबार राजपत्रमा प्रकाशित भएसँगै प्रधानन्यायाधीशको तजबिजी अधिकार कटौती भएको हो। मंसिर २ गतेको सर्वोच्च अदालतको पूर्ण बैठकले गोलाप्रथाबाट पेसी तोक्ने गरी नियमावली संशोधन गरेको थियो ।नियमावली संशोधन भएपछि अब प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराको पेसी तोक्ने अधिकार कटौती भएको छ। 'अदालतमा दर्ता भएको म