काठमाडौं : नेपाली कांग्रेसको नयाँ नेतृत्व चयनका लागि आज निर्वाचन हुँदैछ। १४ औं महाधिवेशनमा सभापतिमा पाँचजनाको उम्मेदवारी परेको छ।जसमध्ये शेरबहादुर देउवा र डा. शेखर कोइरालाबीच कडा प्रतिस्पर्धा हुने आँकलन छ। दुवै समूहले आइतबार मध्य राति आ-आफ्नो प्यानल सार्वजनिक गरेको छ।शेखर कोइरालाको प्यानमा उपसभापतिमा चन्द्र भण्डारी र धनराज गुरुङ‚ महामन्त्रीमा गगन थापा र मिनेन्द्र रिजाल रहेका छन्।