नेपाली कांग्रेसको महामन्त्रीका उम्मेदवार गगन थापाले युवालाई जोड्ने संकल्पका साथ सभापतिमा डा. शेखर कोइरालाले उम्मेदवारी दिएकाले आफूले सो प्यानल रोजेको बताएका छन् ।
आइतवार साँझ कोइराला प्यानलको पत्रकार सम्मेलनमा बोल्दै उनले आफूहरूभन्दा पनि नौजवानलाई जोड्नका लागि कोइरालालाई अबको सभापति बनाउनुपर्ने बताएका हुन् ।
‘शेखर कोइरालाले एकपटक पार्टीको सभापति हुन्छु र भावी पुस्तालाई छाड्छु भनेर आउनुभएको छ,’ उनले भने, ‘हामीभन्दा पनि नौजवान साथीहरूलाई जोड्छु भन्ने संकल्पका साथ आउनुभएको छ, त्यही भएर...