निर्वाचनलाई भयरहित वातावरणमा सम्पन्न गर्न सीमाक्षेत्र दशगजामा संयुक्त गस्ती सुरु गरिएको छ । सीमा क्षेत्रमा हुन सक्ने अवान्छित र आपराधिक क्रियाकलाप रोक्न यहाँ गस्ती थालिएको हो । सशस्त्र, म्यादी र नेपाल प्रहरी तथा भारतीय सीमा सुरक्षा बल (एसएसबी)ले संयुक्त गस्ती गरिरहेका छन् । बिहीबारबाट सुरु गरिएको गस्ती मतगणनाको अन्तिम नतिजा नआउँदासम्म करिब १० दिनसम्म नियमित गरिने सशस्त्रको डंगरी बीओपी प्रमुख निरीक्षक सन्तोष अधिकारीले बताए । यसको सुरुवात यशोधरा गाउँपालिका मर्यादपुर नाकाबाट सुरु गरिएको छ ।