सीमा नाका बन्द भएसँगै सुरक्षा व्यवस्थामा कडाइ : बाँकेमा दुई देशका सुरक्षाकर्मीद्वारा संयुक्त गस्ती

काठमाण्डाै - प्रतिनिधि सभा र प्रदेश सभा सदस्य चुनावलाई ध्यानमा राखेर भारत तथा चीनसँगका सीमा नाका बन्द गरिएको छ । चुनावका बेला हुनसक्ने आपराधिक क्रियाकलापलाई रोक्न गएराति १२ बजेदेखि मङ्सिर ४ गते राति १२ बजेसम्म छिमेकी दुई देशसँग जोडिएका सीमानाका बन्द गरिएको हो । सीमा क्षेत्रमा आवश्यक सुरक्षा व्यवस्थालाई कडा पारिएको गृह मन्त्रालयले जनाएको छ । भारततर्फको सीमा क्षेत्रमा दुई देशका सुरक्षाकर्मी परिचालन भएका छन् । बाँकेको तीनवटै निर्वाचन क्षेत्रलाई छुने ६५ किलोमिटर क्षेत्र भारतसँग जोडिएको र त्यहाँ संयुक्त गस्ती थालिए...

सम्बन्धित सामग्री

सीमा नाका बन्द गराउन सशस्त्र प्रहरी र भारतीय एसएसबीको संयुक्त गस्ती

२९ वैशाख, वीरगञ्ज । वैशाख ३० गते स्थानीय तह निर्वाचनको सुरक्षाका लागि नेपाल भारतसीमा क्षेत्रमा संयुक्त सुरक्षा गस्ती सुरु भएको छ । निर्वाचन सुरक्षालाई ध्यानमा राखेर सरकारले मंगलबार रातिदेखि ७२ घण्टाका लागि सीमा क्षेत्रमा आवागमन निषेध गरेको छ । मतदान हुने दिनसम्मका लागि सीमाबाट हुने आवागमन बन्द गर्न लागिएको छ । यसबारे जानकारी नपाएका कारण […]

वीरगञ्जको नाकामा भारतीय सशस्त्र सीमा बलसहितको संयुक्त गस्ती

पर्साको वीरगञ्जस्थित नेपाल भारत सीमानामा गएराति १२ बजेबाट बन्द गरिएको छ । स्थानीय तह निर्वाचन अवधिभर सीमा नाका बन्द हुन्छ ।  नाकाबाट हुने आवतजावत रोक्नका लागि नेपालका मात्र नभएर भारतीय सुरक्षाकर्मीले पनि संयुक्त ‘बोर्डर पेट्रोलिङ’ गरिरहेका छन् ।काउण्टरपार्टसँग बैठक बसेर संयुक्त पेट्रोलिङ गर्ने निर्णय गरिएको पर्साका एसपी रमेश बस्नेतले रातोपाटीलाई बताए ।  वीरगञ्जस्थित मुख्य नाका र सहायक नाकाहरुमा नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र भारतीय सशस्त्र सीमा बलले संयुक्त गस्ती गरिरहेक