बालबालिकाका लागि एक करोड खोप खरिद गरिने

बालबालिकालाई समेत लगाउन मिल्ने एक करोड खोप आउने निश्चित भएको छ । सरकारले फाइजर र मोर्डना खोप किन्नका लागि यसअघि नै प्रक्रिया अगाडि बढाएको थियो । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले एक करोड मात्रा खोप खरिद गर्ने निर्णय गरेको हो ।स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री विरोध खतिवडाले एक करोड खोप खरिदका लागि यसअघि नै सुनिश्चित भइसकेको बताए । उनले खोप खरिदका लागि मन्त्रिपरिषद्बाट पास गर्नुपर्ने भएकाले मन्त्रिपरिषद् बैठकले खोप खरिद गर्ने निर्णय गरेको जानकारी दिए । स्वास्थ्यमन्त्री खतिवडाले ६० लाख फाइजर खोप

सम्बन्धित सामग्री

४० लाख डोज मोर्डना खोप नेपाल आउँदै

१२ देखि १७ वर्ष उमेर समूहका बालबालिकाका लागि दिइने मोर्डनाको ४० लाख डोज खोप नेपाल आउने भएको छ । डा. सुरेन्द्र चौरासियाका अनुसार सो खोप सोमवार र मंगलवार नेपाल आइपुग्ने छ ।  विश्व बैंकको वित्तीय सहयोगमा कोभ्याक्ससँगको साझेदारीमार्फत सरकारले ४० लाख मात्रा खोप खरिद गर्न खोपसम्बन्धी विश्वव्यापाी सञ्जाल ‘गाभी’सँग सम्झौता गरेको थियो । विश्व बैंकले नेपाल सरकारलाई महामारीविरुद्धको स्वास्थ्य प्र्रतिकार्यका लागि यसअघि नै १० करोड  ४० लाख डलर उपलब्ध गराइसकेको छ । राजधानी दैनिकमा खबर छ ।

१२ देखि १७ वर्षका बालबालिकालाई लगाइने मोडर्ना खोप आज आउने

कोराना भाइरसविरुद्धको मोडर्ना खोपको १४ लाख मात्रा आज ल्याइने भएको छ । स्वास्थ्य सेवा विभागको आपूर्ति व्यवस्थापन शाखाका प्रमुख सुरेन्द्र चौरसियाका अनुसार कोभ्याक्स सुविधाअन्तर्गत अमेरिकाबाट १४ लाख ९७ हजार मोडर्ना खोपको मात्रा ल्याउन लागिएको जानकारी दिए । उक्त खोप कतार एयरवेजबाट दिउँसो पौने तीन बजे काठमाडौँ आइपुग्ने छ । बुधबार कोभ्याक्स सुविधाअन्तर्गत ६ लाख मात्रा कोभिसिल्ड खोप भारतबाट ल्याइएको थियो । मोडर्ना खोप १२ देखि १७ वर्ष उमेर समूहका बालबालिकालाई लगाइनेछ ।यही मङ्सिर २६ गते थप १९ लाख ६५ हजार मोडर्ना खोपको मात्रा ल्याउन लागिएको चौरसियाले बताए । केही दिन अघि मात्र एक लाख ८४ हजार ४०० मोडर्ना खोपको मात्रा ल्याइएको थियो । नेपालमा अहिलेसम्म खरिद गरेर, अनुदान र कोभ्याक्समार्फत दुई करोड ७९ लाख खोपको मात्रा ल्याइएको छ । सरकारले बालबालिकाका लागि ४० लाख मात्रा मोडर्ना र ६० लाख मात्रा फाइजर खोप खरिद गरी पुस १५ गतेसम्म ल्याउने तयारी गरेको विभागले जनाएको छ ।

बालबालिकाका लागि एक करोड खोप खरिद गरिने

बालबालिकालाई समेत लगाउन मिल्ने एक करोड खोप आउने निश्चित भएको छ । सरकारले फाइजर र मोर्डना खोप किन्नका लागि यसअघि नै प्रक्रिया अगाडि बढाएको थियो । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले एक करोड मात्रा खोप खरिद गर्ने निर्णय गरेको हो । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री विरोध खतिवडाले एक करोड खोप खरिदका लागि यसअघि नै सुनिश्चित भइसकेको बताए । उनले खोप खरिदका लागि मन्त्रिपरिषद्बाट पास गर्नुपर्ने भएकाले मन्त्रिपरिषद् बैठकले खोप खरिद गर्ने निर्णय गरेको जानकारी दिए । स्वास्थ्यमन्त्री खतिवडाले ६० लाख फाइजर खोप र ४० लाख मोर्डना खोप खरिदक...