सदन बहिष्कार गर्दै बाहिरिए एमाले सांसद (भिडिओ)

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले संसद बहिस्कार गरेको छ । प्रतिनिधिसभाको आजको बैठकमा अर्थमन्त्री जनार्दन शर्माले विनियोजन विधेयकमाथि उठेका प्रश्नहरुको जवाफ दिने कार्यसूची रहेको थियो । अर्थमन्त्रीको जवाफ अनावश्यक रहेको र बजेट निर्माण अनधिकृत व्यक्तिको हस्तक्षेपबारे छानबिन नभएको भन्दै एमालेले संसद बहिष्कार गरेको हो । अर्थमन्त्रीले जवाफ दिने क्रममा एमाले सांसदहरुले उभिएर विरोध […]

सम्बन्धित सामग्री

नागरिकता विधेयकमाथिको छलफलबाट बाहिरिए एमाले सांसदहरू

१३ भदौ, काठमाडौं । नागरिकता विधेयक पुनर्विचारका लागि बसेको विधायन व्यवस्थापन समितिको बैठकबाट नेकपा एमालेका सांसदहरू बाहिरिएका छन । उनीहरुले बहिस्कार नै भने गरेका हैनन । ‘बाहिर बैठक छ, सरी’ भन्दै सुरुमा एमाले सांसद देवेन्द्र दाहाल निस्किए । सभापति नारायण दत्त मिश्रले भने ‘आजै पारित भयो भने जानकारी हुन्छ ।’ जवाफमा दाहालले भने, ‘सभापतिज्यू परिपक्व […]

अर्थमन्त्रीले बोल्न थालेपछि एमाले सांसद बाहिरिए

प्रतिनिधिसभा बैठकमा अर्थमन्त्री जनार्दन शर्माले विशेष समय लिएर बोल्न थालेपछि नेकपा एमालेका सांसदले बैठक बहिष्कार गरेका छन् ।सभामुख अग्निप्रसाद  सापकोटाले अर्थमन्त्री शर्मालाई बोल्नका लागि समय उपलब्ध गराएसँगै एमालेका सांसदहरु बैठक कक्षबाट बाहिरिएका हुन् । त्यसअघि एमालेका सांसद योगेश भट्टराईले अर्थमन्त्रीका हैसियतले संसदमा सम्बोधन गर्न नमिल्ने बताएका थिए ।जसका विरुद्ध छानबिनका लागि संसदीय समिति बनेको छ, उसैले मन्त्रीको हैसियतमा संसदमा सम्बोधन गर्न नपाइने भट्टराईको भनाइ थियो ।

एमाले सांसद राष्ट्रियसभा बैठकबाट बाहिरिए

प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)का सांसद राष्ट्रिय सभा बैठकबाट बाहिरिएका छन् ।

एमाले सांसद राष्ट्रियसभा बैठकबाट बाहिरिए

सभाअध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले अर्थमन्त्री जनार्दन शर्मालाई आगामी आर्थिक वर्षको विनियोजन विधेयकमाथि सांसदहरुले उठाएको प्रश्नको जवाफ दिन रोष्टममा बोलाउनेबित्तिकै एमालेका सांसदहरु बैठकबाट बाहिरिएका हुन् ।

अर्थमन्त्रीको राजीनामा माग गर्दै एमाले सांसद बैठकबाट बाहिरिए

प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)का सांसदहरु प्रतिनिधिसभा बैठकबाट बाहिरिएका छन् ।

एमाले प्रतिनिधिसभा बैठकबाट बाहिरिए

प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)का सांसदहरु प्रतिनिधिसभा बैठकबाट बाहिरिएका छन् । अर्थमन्त्री जनार्दश शर्माले करको दायरा हेरफेरमा चलखेल गरेको आरोप लगाउँदै एमाले सांसद बैठकबाट बाहिरिएका हुन् ।

मत नदिई बाहिरिए एमालेका १० सांसद

काठमाडौं । विश्वासको मत माग्ने प्रस्तावको पक्ष र विपक्ष कतै पनि मत नदिने निर्णय गर्दै माधव नेपाल पक्षका १० एमाले सांसद संसद् भवनबाट बाहिरिएका छन्। बाहिरिँदै गर्दा नेता गोकर्ण विष्टले पार्टी एकता जोगाउन सुझबुझपूर्ण निर्णय लिएको बताए। बाहिरिने सांसदहरूमा गोकर्ण विष्ट, सुरेन्द्र पाण्डे, घनश्याम भुसाल, योगेश भट्टराई, सोमप्रसाद पाण्डे, झपट रावल, राजबहादुर बुढा, दीपक भट्ट र नारायण खतिवडा रहेका छन्।