संसद विघटनविरुद्ध आज रिट दायर नहुने : एमाले सांसद सुरेन्द्र पाण्डे रिटमा हस्ताक्षर नगरी बाहिरिए

काठाडौं । खनाल–नेपाल समूहका नेता तथा एमाले सांसद सुरेन्द्र पाण्डे प्रतिनिधिसभा विघटन विरुद्धको रिटमा हस्ताक्षर नगरी बाहिरिएका छन् ।  विपक्षी गठबन्धनले अहिले नयाँ बानेश्वरस्थित संसद भवनको ल्होत्से हलमा संसद विघटनको रिटमा हस्ताक्षेर गराइ रहेको छ । तर, पाण्डे भने आज रिट दायर नहुने भन्दै हस्ताक्षर नगरी बाहिरिएका हुन् ।