मत नदिई बाहिरिए एमालेका १० सांसद

काठमाडौं । विश्वासको मत माग्ने प्रस्तावको पक्ष र विपक्ष कतै पनि मत नदिने निर्णय गर्दै माधव नेपाल पक्षका १० एमाले सांसद संसद् भवनबाट बाहिरिएका छन्। बाहिरिँदै गर्दा नेता गोकर्ण विष्टले पार्टी एकता जोगाउन सुझबुझपूर्ण निर्णय लिएको बताए। बाहिरिने सांसदहरूमा गोकर्ण विष्ट, सुरेन्द्र पाण्डे, घनश्याम भुसाल, योगेश भट्टराई, सोमप्रसाद पाण्डे, झपट रावल, राजबहादुर बुढा, दीपक भट्ट र नारायण खतिवडा रहेका छन्।

सम्बन्धित सामग्री

नागरिकता विधेयकमाथिको छलफलबाट बाहिरिए एमाले सांसदहरू

१३ भदौ, काठमाडौं । नागरिकता विधेयक पुनर्विचारका लागि बसेको विधायन व्यवस्थापन समितिको बैठकबाट नेकपा एमालेका सांसदहरू बाहिरिएका छन । उनीहरुले बहिस्कार नै भने गरेका हैनन । ‘बाहिर बैठक छ, सरी’ भन्दै सुरुमा एमाले सांसद देवेन्द्र दाहाल निस्किए । सभापति नारायण दत्त मिश्रले भने ‘आजै पारित भयो भने जानकारी हुन्छ ।’ जवाफमा दाहालले भने, ‘सभापतिज्यू परिपक्व […]

अर्थमन्त्रीले बोल्न थालेपछि एमाले सांसद बाहिरिए

प्रतिनिधिसभा बैठकमा अर्थमन्त्री जनार्दन शर्माले विशेष समय लिएर बोल्न थालेपछि नेकपा एमालेका सांसदले बैठक बहिष्कार गरेका छन् ।सभामुख अग्निप्रसाद  सापकोटाले अर्थमन्त्री शर्मालाई बोल्नका लागि समय उपलब्ध गराएसँगै एमालेका सांसदहरु बैठक कक्षबाट बाहिरिएका हुन् । त्यसअघि एमालेका सांसद योगेश भट्टराईले अर्थमन्त्रीका हैसियतले संसदमा सम्बोधन गर्न नमिल्ने बताएका थिए ।जसका विरुद्ध छानबिनका लागि संसदीय समिति बनेको छ, उसैले मन्त्रीको हैसियतमा संसदमा सम्बोधन गर्न नपाइने भट्टराईको भनाइ थियो ।

एमाले सांसद राष्ट्रियसभा बैठकबाट बाहिरिए

सभाअध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले अर्थमन्त्री जनार्दन शर्मालाई आगामी आर्थिक वर्षको विनियोजन विधेयकमाथि सांसदहरुले उठाएको प्रश्नको जवाफ दिन रोष्टममा बोलाउनेबित्तिकै एमालेका सांसदहरु बैठकबाट बाहिरिएका हुन् ।

माधव नेपालले देउवाको पक्षमा मत दिने, केही सांसद बाहिरिए

काठमाडौं । नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले प्रधानमन्त्री शेरबहादुर देउवाको पक्षमा मत दिने भएका छन् । शेरबहादुर देउवाले अहिले संसद्मा विश्वासको मत लिँदैछन् । माधव नेपाल समूहका केही सांसद संसद् भवनबाट बाहिरिएका छन् भने केही तटस्थ बस्ने भएका छन् । तर माधव नेपाल सहित केही सांसदले देउवाको पक्षमा मत दिने बताएका...

मतदानअघि नै माधव पक्षका केही सांसद संसद भवनबाट बाहिरिए

नेकपा एमालेका माधव नेपाल पक्षीय प्रतिनिधिसभा सदस्य बैठक हलबाट बाहिरिएका छन् । प्रधानमन्त्री शेरबहादुर देउवाद्वारा प्रस्तुत विश्वासको मतको सन्दर्भमा छलफल चलिरहेका बेला नेपाल पक्षका सांसद बाहिरिएका हुन् ।राजेन्द्र महतो र महन्थ ठाकुर जस्ता प्रतिगामीले पनि विश्वासको मत दिने भएपछि बैठकबाट बाहिरिएको सांसद झपट रावलले जानकारी दिए ।सांसद यज्ञराज सुनुवारले पार्टी एकता कायम होस् भनेर केही सांसद बाहिरिएको बताए ।विश्वासको मतका लागि आवश्यक पर्ने गरी मात्र माधव पक्षका सांसदहरूले मत दिने रावलको भनाइ छ

सुरेन्द्र पाण्डेले रोक्न खोज्दाखोज्दै राजीनामा दिएर बाहिरिए भीम रावल

नेकपा एमालेका उपाध्यक्ष भीम रावलले प्रतिनिधि सभा सदस्य पदबाट राजीनामा दिएका छन् । प्रधानमन्त्री शेरबहादुर देउवाले विश्वासको मत लिने प्रक्रिया अगाडि बढेकै दिन रावलले सांसद पदबाट राजीनामा दिएका हुन् ।   राजीनामाको घोषणा गर्न लाग्दा नेता सुरेन्द्र पाण्डेले रावललाई रोक्न खोजेका थिए । 'तर, प्लिज, प्लिज मलाई नगर्नुस्,' भन्दै रावलले आफूले राजीनामा दिएको घोषणा मिडियासामु गरेका थिए । रावल एमाले विवाद समाधानका लागि गठित कार्यदलमा माधव नेपाल पक्षबाट संयोजक रहेका थिए । नेपाल पक्षले प्रधानमन्त्री द...