बैंकिङ क्षेत्रमा ‘बिग मर्जर’को चर्चा चल्न थालेको २ वर्षभन्दा बढी भैसक्यो, तर यसले गति पाउन भने अझै सकेको छैन ।
‘क’ वर्गका दुई वाणिज्य बैंक ग्लोबल आईएमई र जनता बैंक लिमिटेड मिलेर ग्लोबल आईएमईकै नाममा कारोवार शुरू गरेको एक वर्ष भैसक्यो, तर यसबीचमा अन्य ठूला बैंकबीच मर्जरको सहमति जुट्न सकेको छैन ।
बैंकहरूले घोषित वा अघोषित रूपमा ‘पार्टनर’ खोजिरहे पनि सहमति जुट्न सकेको छैन ।
पछिल्लो समय हिमालयन बैंक र नेपाल इन्भेष्टमेन्ट बैंकबीच मर्जरको हल्ला चलिरहेको छ । मर्जरका लागि आन्तरिक तय...