प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा पुनःस्थापनाका लागि सर्वोच्च अदालतमा काँग्रेस सभापति शेरबहादुर देउवा लगायतका १४६ जनाले दिएको रिट निवेदनमा ५ जनाको मात्रै हस्ताक्षर भएको बताएका छन् । सो मुद्दामा सर्वोच्च अदालतलाई लिखित जवाफ पेश गर्दै प्रधानमन्त्री ओलीले सम्मानित अदालतबाट न्याय निरुपण गराई माग्न रिट निवेदक आफैँले वा प्रचलित कानूनको रीत पुर्याई वारेस मार्फत रिट निवेदन दिएको हुनुपर्नेमा रिट निवेदन कसैले दिने र अरु कोही सनाखत गरेर निवेदक बन्न नमिल्ने बताएका हुन् ।‘अदालत नियमावली