काठमाडौं : निर्वाचन आयोगले नेकपा एकीकृत समाजवादीको दर्ताका क्रममा नेता झलनाथ खनालको हस्ताक्षर सनाखत गरेको छ। आयोगका प्रवक्ता राजकुमार श्रेष्ठका अनुसार नयाँ दिल्लीस्थित नेपाली दूतावासमार्फत नेता खनालको हस्ताक्षर सनाखत गरिएको हो। आयोगले भौतिक उपस्थिती नभइ हस्ताक्षर सनाखत नगर्ने भनेपछि यहि विषयमा आयोगका पदाधिकारीसँग नेकपा एकीकृत समाजवादी पार्टीका नेताहरुको केही समय विवाद भएको थियो। अन्ततः उपचारका लागि दिल्लीमै रहेका खनालले दूतावासमार्फत हस्ताक्षर सनाखत गराए।एमाले विभाजन गरी नेकप