नेकपा एमाले संसदीय दलको बैठकमा सोमबार सांसदहरुलाई खाली कागजमा हस्ताक्षर गराइएको छ । उपस्थितिमा हस्ताक्षर गरिसकेका सांसदहरुलाई विभिन्न ६ वटा फाइलमा हस्ताक्षर गराइएको हो ।हस्ताक्षर गराइएको फाइलको अगाडिपट्टि कुनै व्यहोरा लेखिएको छैन । हस्ताक्षर गरेका एक सांसदले बैठकपछि भने, ‘खाली कागजमा हस्ताक्षर गर्न लगाइयो, हामीले गर्यौं ।’एमाले स्रोतका अनुसार एमाले नेता भीम रावल र घनश्याम भुसालले भने खाली कागजमा हस्ताक्षर गर्न अस्वीकार गरेका छन् । कुन विषयमा हस्ताक्षर गर्नुपर्ने हो, सो लेखेर ल्याएपछि