काठमाडाैं : नेकपा एमालेको विवाद मिलाउन सर्वोच्च अदालतमा कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्रीमा समर्थन गरिएको हस्ताक्षर फिर्ता प्रमुख एजेण्डा बनेको छ।एमाले अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी ओलीले लगातार हिजो र आज हस्ताक्षर फिर्ता नै पार्टी एकताका लागि बटमलाइन भएको बताए। हस्ताक्षर फिर्ता लिन ओली पक्षले माधवकुमार नेपाल पक्षलाई सोमबार ५ बजेसम्मको अल्टिमेटम नै दिएको छ।यो समयसम्म देउवालाई प्रधानमन्त्री बनाउन हस्ताक्षर गरेका २३ सांसदले हस्ताक्षर फिर्ता नलिए उनीहरु एमालेको कार्य