चुनावमा एमाले र राप्रपाबीच तालमेल कति सम्भव?

काठमाडौँ – मंसिर ४ गतेका लागि प्रतिनिधिसभा र प्रदेशसभा चुनावको मिति घोषणा भएसँगै दलहरु चुनावी तयारीमा केन्द्रित भएका छन्। सत्ता पक्षीय पाँच दलले आउँदो दुवै चुनावमा गठबन्धन गर्ने औपचारिक निर्णय गर्दै सिट बाँडफाँट गर्न कार्यदल बनाएर काम थालिसकेका छन्। पाँच दलले चुनावी तयारी ठोस रुपमै अघि बढाएसँगै इतर दलहरु चुनावमा कसरी जाने भन्ने आन्तरिक र […]

सम्बन्धित सामग्री

एमाले-राप्रपा बैठक अनिश्चित

काठमाडौँ – चुनावी तालमेल गर्ने निर्णयमा पुगेका नेकपा एमाले र राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाको बैठक अनिश्चित भएको छ । शुक्रबार बेलुकीसम्म बसेर सिट संख्यामा सहमति गरेका राप्रपा र एमालेको बैठक आज (शनिबार) बस्ने भने पनि निश्चित नभएको राप्रपा प्रवक्ता मोहन श्रेष्ठले जानकारी दिए। राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन गृहजिल्ला झापा गएका कारण बैठक कति खेर बस्छ […]

एमाले–राप्रपा तालमेलबारे बालकोटमा १ बजे छलफल

नेकपा एमाले र राप्रपाबीच चुनावी तालमेल गर्न आज शुक्रबार दुई दलका शीर्ष नेताबीच छलफल हुने भएको छ । छलफलका लागि अध्यक्ष ओलीले दिउँसो १ बजे समय दिएको राप्रपाका नेताहरूले बताएका छन् । राप्रपा उपाध्यक्ष बुद्धिमान तामाङले दिउँसो १ बजे वार्ताको समय मिलाएको र आफूहरू ओली निवास बालकोट जाने तयारीमा रहेको बताए । ‘आज १ बजे वार्ता हुँदैछ । त्यसका लागि अध्यक्षसहित हामी बालकोट जाँदैछौँ’, उपाध्यक्ष तामाङले भने, ‘कति सिट र कहाँ कहाँ तालमेल गर्ने भन्ने वार्तापछि टुङ्गो लाग्छ ।’&nb

एमालेसँगको तालमेलमा जसपाले कुन जिल्लामा कति सीट पाउँछ ?

काठमाडौं । सत्ता गठबन्धनको विहानदेखि चलिरहेको बैठकमा जसपाका दोस्रो तहका नेता सहभागी हुँदा अध्यक्ष उपेन्द्र यादव एमाले अध्यक्ष केपी शर्मा ओली र महासचिव शंकर पोखरेलसहितको वार्तामा थिए । जसपाले सत्ता गठबन्धनमा मागेजति सीट नपाए एमालेसँग तालमेल गर्ने तयारी गरेको छ र लगभग सहमति नजिक छ । यद्यपी, जसपाले सत्ता गठबन्धनमा २० सीट पाए उसले गठबन्धनमै […]

पाँच वर्षमा काठमाडौं महानगरपालिकाको मेयरले गरेको कामको जवाफ दिनुपर्छ : गगन थापा

वैशख २२, काठमाडौं। नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले विगत पाँच वर्षको अवधिमा काठमाडौं महानगरपालिकाको मेयरले गरेको कामको जवाफ दिनुपर्ने बबताएका छन् । बिहीवार एक कार्यक्रमलाई सम्बोधन गर्दै महामन्त्री थापाले विगत पाँच वर्षको अवधिमा काठमाडौं महानगरपालिकाको मेयरले गरेको कामको बारेमा जनतालाई जवाफ दिनुपर्ने बताएका हुन। चुनावको समयमा गरिएको प्रतिवद्धता अनुसार काठमाडौं कति सफा भयो ? काठमाडौं कति सहज भयो? यसको जवाफ महानगरबासिलाई दिनुपर्ने उनले बताएका छन्। आफ्नो प्रतिवद्धता पुरा भए नभएको सम्बन्धमा जवाफदेहिता लिन आग्रह समेत गरे। महामन्त्री थापाले केही पार्टीका नेता तथा उम्मेदवारहरुले महिलामाथि अपमान गरेको बताएका छन् । उनले महिला हुनुलाई नै अयोग्यताको रुपमा हेर्नेहरुलाई काठमाडौंका महिलाहरुले चुनावमार्फत् उत्तर दिनुपर्ने पनि बताए ।  सुर्यमा मतदान गर्ने महिलाको पनि अपमान हो । उहाँसँगै हिडीरहेको महिला उपमेयरको पनि अपमान हो । यो सबैको प्रत्युत्तर मतदानबाट गर्नुपर्ने छ ।’ उनले नेकपा(एमाले)ले स्थानीय तह निर्वाचनमा जो भेट्यो त्यहीसँग तालमेल र गठबन्धन गरिरहेको बताए। उहाँले एमालेले एउटा वडामा हिन्दु धर्मको वकालत गर्ने कमल थापाको पार्टीसँग र अर्को वडामा क्रिश्चियन धर्मको वकालत गर्ने परिवार दलसँगसमेत तालमेल गरेको टिप्पणी गरे ।

मन्थलीः त्रिपक्षीय भिडन्त पक्का, को कति बलियो ?

बैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि रामेछापको मन्थली नगरपालिकामा ३ ठूला राजनीतिक दलले उम्मेदवार तय गरेका छन् । नेकपा एमाले र नेपाली काँग्रेस एक्लाएक्लै चुनावी मैदानमा होमिँदा नेकपा माओवादी केन्द्र र नेकपा एकिकृत समाजवादीबीच तालमेल भएको छ ।एमालेबाट लब श्रेष्ठ मेयरको उम्मेदवार छन् । उपमेयरको उम्मेदवार इश्वरी बस्नेतले पाएकी छिन् ।नेपाली काँग्रेसबाट मेयरको उम्मेदवार बनेका बिनोद कार्की गत स्थानीय निर्वाचनमा उपविजेता बनेका थिए । त्यतिबेला नेकपा एमालेका उम्मेदवार रमेश कुमार बस्नेतले ६ हजार ५२९ मत ल्याएर विजयी हुँदा कार्की ५ हजार ३७९ मतसहित उपविजेता बनेका थिए ।त्यस्तै माओवादी र समाजवादीको तर्फबाट साझा उम्मेदवार बनेका तारानारायण श्रेष्ठ पनि गत निर्वाचनमा तेस्रो भएका थिए । उनले २०७४ को स्थानीय तह निर्वाचनमा ५ हजार ३ सय ११ मत ल्याएका थिए ।को कति बलियो ?२०७४ सालको स्थानीय निर्वाचनको मत परिणामका आधारमा अहिलेको मत सर्वेक्षण गरिनु गलत हुने एमालेकै नेताहरु पनि बताउँछन् । तर, विगतको तुलनामा मन्थलीमा एमाले अझ शक्तिशाली भएर आएको दाबी उनीहरुको छ ।गत निर्वाचनमा एमालेबाटै उम्मेदवार बनेर मेयरमा जितेका रमेश बस्नेत अहिले नेकपा एकिकृत समाजवादीको जिल्ला अध्यक्ष बन्दा पनि मन्थलीमा उनको प्रभाव अत्यन्त न्यून रहेको र मन्थलीमा समाजवादीले एमालेको मत काट्न नसक्ने जिकिरि उनीहरुको छ ।नेपाली काँग्रेसबाट उम्मेदवार बनेका कार्की काँग्रेसको २ पटक क्षेत्रीय सभापती हुँदै हाल रामेछाप काँग्रेसको जिल्ला कार्यसमिति सचिव छन् । २०७४ सालको स्थानीय निर्वाचनमा पराजित भएपनि उनी पार्टी राजनीतिमा सक्रिय रहँदै आएका छन् ।‘उहाँको सक्रियताकै आधारमा पार्टीले टिकट दिएको हो, दाबेदारहरुमध्ये उहाँले नै जित्न सक्नुहुन्छ भनेर पार्टीले मूल्यांकन गरेको हो’ रामेछाप काँग्रेसका एक नेता भन्छन् , ‘गत निर्वाचनमा काँग्रेस दोस्रो भएको हो, अहिले हाम्रो प्रतिस्पर्धी पार्टीमा टुटफुटको कुराले पनि हामीलाई सहयोग पुग्छ भन्ने ठानेका छौँ ।’नेकपा माओवादी केन्द्र र समाजवादीबाट साझा उम्मेदवार बनेका तारानारायण श्रेष्ठ संविधानसभा सदस्य हुन् । २०६४ को संविधानसभा निर्वाचनमा रामेछाप क्षेत्र नम्बर १ बाट श्रेष्ठ विजयी भएका थिए । तर, उनै ‘हेभिवेट’ उम्मेदवार २०७४ को स्थानीय निर्वाचनमा मन्थलीको मेयरमा पराजित मात्रै नभई तेस्रो भए ।‘यसपटक एमालेबाट विभाजन भएर बनेको नेकपा एकिकृत समाजवादीको समेत समर्थन हामीलाई छ, त्यसकारण हामी चुनाव जित्छौँ, मतान्तर कति हुने भन्ने मात्रै हो’ माओवादीका मन्थलीस्थित स्थानीय एक नेताले भने ।तर, एमालेले उम्मेदवार बनाएका लब श्रेष्ठ ‘चानचुने’ उम्मेदवार भने नभएको काँग्रेस र माओवादीले नै स्वीकार गरेका छन् । सबैभन्दा बढी मत भएको चिसापानी र गेलुबाट एमालेलाई नै एकछत्र मत खस्ने देखिएकाले लब श्रेष्ठलाई हराउन काँग्रेस र माओवादीका उम्मेदवारलाई कठिन छ ।‘लब श्रेष्ठ अहिलेका ३ प्रतिस्पर्धीमध्ये सबैभन्दा हेभिवेट उम्मेदवार हुन्, चुनाव लडेकैले मात्रै जित्ने भन्ने हुँदैन, जनताले काम गर्ने सम्भावना कुन उम्मेदवारमा देखेका छन् भन्ने कुराले अर्थ राख्छ’ मन्थलीका एक बुद्धिजीविले भने, ‘मन्थली नगरपालिका भरीमा ३७ हजार २२० जना मतदाता छन्, योमध्ये ३१ देखि ३२ हजार जति भोट खस्ने अनुमान मैले गरेको छु, कति मत त बदर नै होलान् । काँग्रेस र माओवादीले पाउने मत प्रतिस्पर्धी नै हुन्छ, त्योभन्दा २५ सय देखि ३ हजार बढी मत एमालेले पाउँछ, एमालेले यति बढी किन भन्नुहोला, किनकी एमालेले उम्मेदवार नै त्यस्तै उठाएको छ, व्यक्तिगत मत नै २ हजार बढी छ उहाँको, अरु पार्टीको मत पनि तान्ने उम्मेदवार भएकाले ३ हजार बढी आउँछ भनेको हो मैले ।’

कमल थापाको गृहजिल्लामा राप्रपा नेपालको साथले एमालेलाई कति सहज ?

हेटौंडा : १० वटा स्थानीय तह रहेको मकवानपुरमा केही साना दल एक्लै चुनावमा होमिने तयारीमा रहेका छन् भने केही ठूला दल साना दलसँग तालमेल गरेर चुनावमा होमिँदै छन्। स्थानीय तह निर्वाचनमा मकवानपुरमा सत्तारुढ गठबन्धनविरुद्ध नेकपा एमाले र राप्रपा नेपालले संयुक्त रूपमा प्रतिस्पर्धा गर्ने भएका छन्। सत्ता गठबन्धनबाट नेपाली काँग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जसपा नेपाल र राष्ट्रिय जनमोर्चा मिलेर निर्वाचनमा होमिँदैछन्। एमालेले पनि कमल थापा नेतृत्वको राप्रपा नेपालसँग मिलेर चुनाव लड्ने

राप्रपा नेपाल र परिवार दलसँगको तालमेलले एमालेलाई कति फाइदा ?

नेकपा एमालेका अध्यक्ष केपी ओलीले आगामी स्थानीय तह निर्वाचनमा सत्तारुढ गठबन्धन दललाई आफ्नो पार्टी एक्लैले हराउने दाबी गरेको केही घण्टा अघि राप्रपा नेपाल र नेपाल परिवार दलसँग चुनावी गठबन्धन गर्ने निर्णय भएको थियो । आफ्नो पार्टीसँग भिड्न मिलेर आउन सत्तारुढ पाँच दलीय गठबन्धनलाई चुनौती सुनसरीको इनरुवामा बुधबार आयोजित आमसभामा ओलीले भाषण गरिरहँदा काठमाडौंमा एमाले र कमल थापा नेतृत्वको राप्रपा नेपालबीच स्थानीय तह निर्वाचनमा चुनावी तालमेल गर्ने सहमति भएको हो । दुवै पार्टीको तर्फबाट एमालेका स्थान

स्थानीय चुनाव: एमाले-राप्रपा चुनावी तालमेलको सम्भावना कति ?

कैलाली । बिहीबार राति एमाले अध्यक्ष ओली र राष्ट्रिय प्रजातन्त्र पार्टीका महामन्त्री धवलशमशेर राणाबीच करिब १ घण्टा एक्लाएक्लै छलफल भयो । स्थानीय तह निर्वाचन नजिकिँदै गर्दा एमालेका अध्यक्ष र राप्रपाका महामन्त्रीबीचको भेटघाटलाई अर्थपूर्ण रूपमा हेरिएको छ । राति नेपालगन्जमा स्थानीय तहको निर्वाचनमा तालमेल गर्ने प्रस्ताव लिएर राणाले ओलीलाई भेटेका थिए । राणा समान विचारधारा भएका […]

गगनको क्षेत्रमा चुनावी शक्ति सन्तुलन

एमाले-माओवादी चुनावी तालमेल टुंगो भएपछि आगामी निर्वाचनमा नेपाली कांग्रेसलाई त्यसले कति क्षति पुर्‍याउँछ भन्ने आम चासो र चर्चा सुरू भएको छ। त्यसमा पनि कांग्रेसका को-को ठूला नेताहरुको जीत यो गठवन्धनका कारण घरापमा पर्न सक्छ भन्ने ठूलो कौतुहलता छ। कुनै पनि चुनावी परिणामको आकलन सजिलो हुन्न। तर नेपालमा पछिल्ला केही महिनामा स्थानीय निर्वाचन सम्पन्न भएकाले…