वैशख २२, काठमाडौं। नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले विगत पाँच वर्षको अवधिमा काठमाडौं महानगरपालिकाको मेयरले गरेको कामको जवाफ दिनुपर्ने बबताएका छन् ।
बिहीवार एक कार्यक्रमलाई सम्बोधन गर्दै महामन्त्री थापाले विगत पाँच वर्षको अवधिमा काठमाडौं महानगरपालिकाको मेयरले गरेको कामको बारेमा जनतालाई जवाफ दिनुपर्ने बताएका हुन। चुनावको समयमा गरिएको प्रतिवद्धता अनुसार काठमाडौं कति सफा भयो ? काठमाडौं कति सहज भयो? यसको जवाफ महानगरबासिलाई दिनुपर्ने उनले बताएका छन्। आफ्नो प्रतिवद्धता पुरा भए नभएको सम्बन्धमा जवाफदेहिता लिन आग्रह समेत गरे।
महामन्त्री थापाले केही पार्टीका नेता तथा उम्मेदवारहरुले महिलामाथि अपमान गरेको बताएका छन् । उनले महिला हुनुलाई नै अयोग्यताको रुपमा हेर्नेहरुलाई काठमाडौंका महिलाहरुले चुनावमार्फत् उत्तर दिनुपर्ने पनि बताए । सुर्यमा मतदान गर्ने महिलाको पनि अपमान हो । उहाँसँगै हिडीरहेको महिला उपमेयरको पनि अपमान हो । यो सबैको प्रत्युत्तर मतदानबाट गर्नुपर्ने छ ।’
उनले नेकपा(एमाले)ले स्थानीय तह निर्वाचनमा जो भेट्यो त्यहीसँग तालमेल र गठबन्धन गरिरहेको बताए। उहाँले एमालेले एउटा वडामा हिन्दु धर्मको वकालत गर्ने कमल थापाको पार्टीसँग र अर्को वडामा क्रिश्चियन धर्मको वकालत गर्ने परिवार दलसँगसमेत तालमेल गरेको टिप्पणी गरे ।