एनआईसी एशियाको यस्तो योजना, उच्च ब्याजदरसँगै २१ लाख सम्मको बीमा सुविधा !

“बैंक पनि साथी पनि, राम्रो पनि हाम्रो पनि” भन्ने मूल नाराका साथ जनमैत्री बैंकिङ्ग सेवा प्रदान गर्दै आइरहेको एनआईसी एशिया बैंकले न्यू सुपर चमत्कारिक मुद्धती निक्षेप योजनामा उच्च ब्याजको साथै २१ लाख रुपैयाँसम्मको अतुलनीय बीमा …

सम्बन्धित सामग्री

एनआईसी एशियाद्वारा दुर्घटना बीमाबापत १० लाख रुपैयाँ प्रदान

रुपन्देही । एनआईसी एशिया बैंकको रुपन्देहीको सियारी शाखामा सर्वश्रेष्ठ सहज बचत खाता खोलेका राम नारायण पासीको दुर्घटना पश्चात् मृत्यु भएपछि निजको श्रीमती प्रमी पासीले दुर्घटना बीमावापत १० लाख रुपैयाँ रकम प्राप्त गरेकी छन् । यस बैंकको बचतसँगै बीमा फाइदाको सुविधा अन्तर्गत निज खातावालाको दुर्घटनाबाट मृत्यु भएपछि निजको परिवारलाई बीमा वापतको रकम प्रदान गरिएको हो । […]

एनआईसी एशिया बैंकको सर्वश्रेष्ठ बचत खातामा थप सुविधा

काठमाडौं (अस) । एनआईसी एशिया बैंकले ०७८ कात्तिक १ गतेदेखि ल्याएको सर्वश्रेष्ठ बचत खाता योजनामा ग्राहक सहभागिता उत्साहपूर्ण रहेको बताएको छ । बैंकले ग्राहक मागअनुसार यसअघिको सर्वश्रेष्ठ बचत खातामा पाइने १ वर्ष अवधिसम्म उपलब्ध हुँदै आएको बीमा सुविधालाई ५ वर्ष अवधिका लागि प्रदान गर्दै बचत खातामै ८४ लाखसम्म उपलब्ध गराउनेछ । सर्वश्रेष्ठ बचत खाता खोल्ने ग्राहकले ३ कर्जासम्बन्धी सर्वश्रेष्ठ फाइदाअन्तर्गत कर्जामा सहुलियत ब्याजदर, प्रशासनिक शुल्कमा विशेष छुट र पूर्वस्वीकृत कर्जा सुविधासमेत प्राप्त गर्न सकिनेछ । बैंकले सर्वश्रेष्ठ बचत खातामा प्रदान गर्दै आएको १८ अन्य सर्वश्रेष्ठ फाइदालाई पाँच वर्षे अवधिसम्म उपलब्ध गराउनेछ । बैंकले पाँच वर्षका लागि निःशुल्क डेबिट कार्ड, मोबाइल बैंकिङ, इन्टरनेट बैंकिङ पाँच वर्षसम्म निःशुल्क र वार्षिक क्रेडिट कार्डलगायत अन्य योजनाका शुल्क पनि निःशुल्क उपलब्ध गराउनेछ । बैंकले हाल ३५८ शाखा, ४७३ एटीएम, ७० वटा विस्तारित काउन्टर एवं ८१ शाखारहित सेवामार्फत बैंकिङ सेवा दिँदै आएको छ ।

एनआईसी बैंकको मोबाइल बैंकिङदेखि प्रिपेड डलर कार्ड निःशुल्क

काठमाडौं, २३ माघ । एनआईसी एसिया बैंकले ‘सर्वश्रेष्ठ बचत खाता’ अन्तर्गत मोबाइल बैंकिङदेखि प्रिपेड कार्ड डलरसम्मका सेवा ५ वर्षका लागि निःशुल्क गर्ने भएको छ । बैंकले गत कात्तिकदेखि सञ्चालनमा ल्याएको उक्त योजनामा यो खाता खोल्ने ग्राहकका लागि बैंकले ८४ लाखसम्मको बीमा सुविधा ल्याएको हो । बैंकको अनुसार यो बचत खाता खोल्ने ग्राहकले तीन कर्जा सम्बन्धी […]

एनआईसी एशिया बैंकमा बचत गर्नेलाई के–के छन् सुविधा ?

बैंकहरूले आफ्ना ग्राहकहरूलाई बचतमा निकै आकर्षक फाइदा दिइरहेका छन् । एनआइशी एशिया बैंकले भने बचत खातामा ब्याजदरमात्रै नभएर अन्य फाइदाहरू समेत दिइरहेको छ । ग्राहकको आवश्यकतालाई समेत ख्याल गरी बैंकले नयाँ नयाँ प्रोडक्टहरू ल्याउने गरेको छ । सोही क्रममा बैंकले सर्वश्रेष्ठ बचत खाता नामक नयाँ निक्षेप प्रोडक्ट ल्याएको छ । यस प्रोडक्मार्फत ग्राहकले २४ वटा अतुलनीय तथा असिमित फाइदाहरू पाउँनेछन् ।के–के छन् २४ फाइदा ?बैंकले २४ औं वार्षिकोत्सवका अवसरमा सर्वश्रेष्ठ बचत खातामा २४ फाइदाहरू बीमा सम्बन्

एनआईसी एशिया बैंकद्वारा सर्वश्रेष्ठ बचत तथा मुद्दती खाता योजना सार्वजनिक

काठमाडौं (अस) । एनआईसी एशिया बैंकले ग्राहक लक्षित सर्वश्रेष्ठ बचत तथा मुद्दती खाता योजना सार्वजनिक गरेको छ । बैंकको २४ औं वार्षिकोत्सव अवसरमा सार्वजनिक गरिएको सर्वश्रेष्ठ बचत तथा मुद्दती खाता योजनामा ग्राहकलाई उच्च प्रतिफलका साथै ३ बीमासम्बन्धी सुरक्षाका फाइदा, ३ कर्जासम्बन्धी फाइदा तथा १८ अन्य फाइदा उपलब्ध गराइनेछ । योजनाअन्तर्गत खाता खोल्ने ग्राहकले २१ लाखसम्मको ३ प्रकारका बीमा सुविधा प्राप्त गर्न सक्नेछन् । खातावालाको दुर्घटनाबाट मृत्यु भए वा पूर्ण अशक्त भए १० लाखसम्मको बीमा सुविधा, १८ घातक रोगका लागि १० लाखसम्मको बीमा सुविधा र १ लाखसम्मको औषधोपचार बीमा सुविधा प्राप्त गर्न सकिने बैंकले बताएको छ । औषधोपचार बीमाअन्तर्गत बैंकले ग्राहकलाई विशेष सुविधा दिने उद्देश्यले बहिरंग उपचारमा २० हजारसम्म र अस्पताल भर्नाबापत ८० हजारसम्मको बीमा सुविधा प्रदान गर्नेछ । उल्लिखित बीमा सुविधा बैंकले नेपाल इन्स्योरेन्स कम्पनीसँगको सहकार्यमा खातावाललाई उपलब्ध गराइनेछ । हालसम्म बीमासहितको निक्षेप योजनाअन्तर्गत देशभरका ६१० जनाभन्दा बढी ग्राहकले बीमाबापतको ३ करोड ८५ लाखभन्दा बढी रकम प्राप्त गरिसकेको बैंकले जनाएको छ । सर्वश्रेष्ठ बचत खाता भएका ग्राहकले ३ कर्जासम्बन्धी फाइदाअन्तर्गत कर्जामा सहुलियत ब्याजदर, प्रशासनिक शुल्कमा विशेष छुट र पूर्वस्वीकृत कर्जा सुविधासमेत प्राप्त गर्न सक्नेछन् । यस्तै, ५ वर्षसम्म निःशुल्क डेबिट कार्ड र मोबाइल बैंकिङ, इन्टरनेट बैंकिङ, ५ लाखसम्मको निःशुल्क क्रेडिट कार्ड सुविधा, निःशुल्क होम बैंकिङ सुविधा, निःशुल्क लकर तथा लकरको मार्जिन शुल्कमा शतप्रतिशत छुट सुविधा, प्रोटोफोलियो म्यानेजमेन्ट सर्भिसमा ५० प्रतिशत छुटलगायत सुविधा रहेको बैंकले बताएको छ । ग्राहकले आफू अनुकूल हुने र इच्छाइएको रकम बचत गर्न गुडविल एम्बेसडर, प्राइड  र पार्टनर गरी तीन श्रेणीका सर्वश्रेष्ठ बचत खाता योजनामध्ये कुनै पनि खाता खोल्न सक्ने व्यवस्था गरिएको बैंकले जनाएको छ । योजनाअन्तर्गत ५५ वर्ष पुगेकाले सर्वश्रेष्ठ ज्येष्ठ नागरिक बचत खाता खोली पेन्सनको आधारमा कर्जा र होम बैंकिङ सुविधासमेत प्राप्त गर्न सक्नेछन् । यसैगरी माथि उल्लिखितबाहेक सर्वश्रेष्ठ नारी बचत खाता, सर्वश्रेष्ठ तलब बचत खाता, सर्वश्रेष्ठ सहज बचत खाता, सर्वश्रेष्ठ विद्यार्थी बचत खाता, सर्वश्रेष्ठ स्वरोजगार बचत खाता र सर्वश्रेष्ठ मासिक निक्षेप खाता रहेका छन् । हाल बैंकले ३५६ शाखा, ४७३ एटीएम, ७०  विस्तारित काउन्टर एवं ८१ शाखारहित सेवामार्फत बैंकिङ सेवा दिँदै आएको छ ।

एनआईसी एशिया बैंकद्वारा १० लाखको बीमा रकम भुक्तानी

काठमाडौं (अस) । एनआईसी एशिया बैंकले सञ्चालन गर्दै आएको न्यू सुपर चामत्कारिक बचत खाता योजनाअन्तर्गत घातक रोगको उपचारबापत १० लाख रुपैयाँ बीमा रकम भुक्तानी गरेको छ । बैंकको झापास्थित दमक शाखामा न्यू सुपर चामत्कारिक बचत खाता खोलेका दमक–५ झापाका ४४ वर्षीय गजेन्द्रविक्रम कटुवाललाई घातक रोगको उपचारबापत उक्त रकम भुक्तानी गरिएको हो । कटुवाललाई बैंकको प्रदेश १ का डेपुटी पीएई प्रकाशचन्द्र अधिकारीले उक्त रकम बराबरको चेक हस्तान्तरण गरे । उक्त बीमा रकम एभरेष्ट इन्स्योरेन्ससँगको सहकार्यमा खातावालालाई भुक्तानी गरिएको हो  । यो योजनाअन्तर्गत अहिलेसम्म देशभरका ४८५ भन्दा बढी ग्राहकले बीमाबापतको ३ करोड २० लाख रुपैयाँभन्दा बढी रकम प्राप्त गरिसकेको बैंकले जनाएको छ । बैंकले हाल ३५६ शाखा, ४७१ एटीएम, ७०  विस्तारित काउन्टर र ८१ शाखारहित इकाइमार्फत बैंकिङ सुविधा दिँदै आएको छ ।

सामाजिक सुरक्षा कोषविरुद्ध एनआईसी एशिया बैंक कर्मचारी संघको विरोध

असार १८, काठमाडौं । सामाजिक सुरक्षा कोषविरुद्ध एनआईसी एशिया बैंक कर्मचारी संघले देशैभरी आज (शुक्रवार) विरोध प्रर्दशन गरेको छ ।  सामाजिक सुरक्षा कोष विभेदकारी र अन्यायपूर्ण रहेको भन्दै एनआईसी एशिया बैंक कर्मचारी संघले उक्त योजनाको विरोध गर्दै देशैभरी बैंकका प्रमुख कार्यालय तथा प्रादेशिक कार्यालयहरुमा विभिन्न मागहरु राख्दै विरोध प्रर्दशन गरेको हो ।  सामाजिक सुरक्षा कोष ऐन, नियमावली तथा कार्यविधिमा यसअघि नै बैंक तथा वित्तीय संस्था र बीमा कम्पनीका कर्मचारी युनियनहरुले संयुक्त रुपमा पेश गरेका सुझावहरुको सम्बोधन गर्न संघले सरोकारवालाहरुसँग अपिल गरेको छ ।  योजनाका कतिपय बुँदा कर्मचारीको हित हुने गरी परिमार्जन गर्नुपर्ने आवश्यकता देखिएको हुनाले र हालको विभेदकारी व्यवस्थाले विगतका उपलब्धिहरु समेत गुम्ने खतरा रहेको हुनाले उक्त योजनमा कदापी संलग्न हुन नसकिने कुरामा उक्त संघ कटिबद्ध रहेको बताइएको छ ।  हालको व्यवस्था न्यूनतम पारिश्रमिक हुने वर्गलाई केही राम्रो देखीएपनि लामो समयसम्म संघर्ष गर्दै विभिन्न सुविधा हासिल गर्न सफल बैंकिङ क्षेत्रका कर्मचारीलाई भने खासै आवस्यक नदेखिएकोे अवस्थामा पनि सरकारको योजनालाई मुर्तरुप दिन बैंकिङ क्षेत्रका कर्मचारीवर्ग उक्त योजनामा आवद्ध हुन तयार रहेको तर हालको विभेदकारी बुँदाहरुलाई भने परिमार्जन गर्नुपर्ने माग रहेको संघले बताएको छ ।   सरकारले युगान्तकारी योजना ल्याएको र समग्र कर्मचारीवर्गको हितको लागि यो योजनाले काम गर्नेछ भन्ने हाम्रो अपेक्षा विपरीत उक्त योजनाले बैंकिङ कर्मचारीलाई अन्यायपूर्ण व्यवस्था लागू गर्दै वाध्यकारी बनाउन खोजेको हुनाले सबै कर्मचारी एक्यबद्ध भई आन्दोलनमा उत्रिनु परेको अवस्था सम्बन्धीत सबैलाई जानकारी गराउँदै र हाम्रा माग पूरा गरी न्यायोचित ढंगबाट उक्त सामाजिक सुरक्षा कार्यविधी परिमार्जन नगरेसम्म यो दबाब निरन्तर राख्ने उनीहरुले चेतावनी दिएका छन् ।

एनआईसी एशियाको नगद फिर्तासहितको ‘उत्तरदायी बनौं, मोबैंक गरौं’ योजना

काठमाडौं (अस) । एनआईसी एशिया बैंकले नगद फिर्तासहितको ‘उत्तरदायी बनौं, मोबैंक गरौं’ योजना ल्याएको छ । बैंकले संस्थागत उत्तरदायित्वअन्तर्गत यो योजना ल्याएको हो । बैंकले सहज, सरल, गतिशील, विश्वसनीय तथा उत्तरदायी पञ्च मूल्य मान्यताको आधारमा बैंकिङ अभ्यास गर्दै ग्राहकलाई सेवा दिँदै आएको बताएको छ । योजनाअनुसार बैंकको मोबाइल बैंकिङ एनआईसी एशिया मोबैंक एप प्रयोगकर्ताले इन्टरनेट, टेलिभिजन, खानेपानीलगायत महसुलका साथै मोबाइल डेटा प्याक, बीमा, मेरो शेयर तथा डिम्याट भुक्तानी गर्दा प्रत्येक कारोबारमा ५ प्रतिशत वा अधिकतम रु. १०० नगद फिर्ता प्राप्त गर्न सक्नेछन् । एक जना ग्राहकले योजना अवधिभर अधिकतम रु. ५०० सम्म नगद फिर्ता प्राप्त गर्न सक्नेछन् । बैंकको एनआईसी एशिया मोबैंक एप प्रयोग नगरेका ग्राहकले प्ले स्टोर वा एप स्टोरबाट सो एप डाउन लोड गरी दर्तासमेत गर्न सक्ने सुविधा छ ।

एनआईसी एसिया बैंकद्वारा ३० लाख बीमा दाबी रकम भुक्तानी

काठमाडौं । एनआईसी एशिया बैंकले ग्राहकहरू माझ ल्याएको अतुलनीय तथा असिमित सुविधा भएको चमत्कारिक तथा सुपर चमत्कारिक बचत खाता योजनाअन्तर्गत घातक रोग उपचार बीमा वापत यस बैंकका दुई जना ग्राहकहरूलाई रू.१५ ...