काठमाडौं (अस) । एनआईसी एशिया बैंकले नगद फिर्तासहितको ‘उत्तरदायी बनौं, मोबैंक गरौं’ योजना ल्याएको छ । बैंकले संस्थागत उत्तरदायित्वअन्तर्गत यो योजना ल्याएको हो ।
बैंकले सहज, सरल, गतिशील, विश्वसनीय तथा उत्तरदायी पञ्च मूल्य मान्यताको आधारमा बैंकिङ अभ्यास गर्दै ग्राहकलाई सेवा दिँदै आएको बताएको छ ।
योजनाअनुसार बैंकको मोबाइल बैंकिङ एनआईसी एशिया मोबैंक एप प्रयोगकर्ताले इन्टरनेट, टेलिभिजन, खानेपानीलगायत महसुलका साथै मोबाइल डेटा प्याक, बीमा, मेरो शेयर तथा डिम्याट भुक्तानी गर्दा प्रत्येक कारोबारमा ५ प्रतिशत वा अधिकतम रु. १०० नगद फिर्ता प्राप्त गर्न सक्नेछन् ।
एक जना ग्राहकले योजना अवधिभर अधिकतम रु. ५०० सम्म नगद फिर्ता प्राप्त गर्न सक्नेछन् ।
बैंकको एनआईसी एशिया मोबैंक एप प्रयोग नगरेका ग्राहकले प्ले स्टोर वा एप स्टोरबाट सो एप डाउन लोड गरी दर्तासमेत गर्न सक्ने सुविधा छ ।