सञ्चालनमा आएको करिब १५ महिनामा डलर कार्डमार्फत साढे ७ करोड रुपैयाँ बराबरको भुक्तानी भएको पाइएको छ । नेपाल राष्ट्र बैंकले गत चैत, २०७७ मा एकीकृत निर्देशिका २०७६ संशोधन गर्दै बैंकहरुले प्रतिव्यक्ति ५०० डलरसम्मको डलर कार्ड जारी गर्न पाउने व्यवस्था गरेको थियो । सोही व्यवस्था बमोजिम २०७९ असार मसान्तसम्म ३८ हजार ६६ वटा डलर कार्ड जारी भएको राष्ट्र बैंकले जनाएको हो । जसमार्फत हालसम्म (२०७९ असार मसान्त) कुल ६१ लाख ३३ हजार डलर (करिब साढे ७ करोड रुपैयाँ) विभिन्न शीर्षकमा बाह्य भुक्तानी भएको केन्द्रीय