अब डलर कार्डबाट १८ प्रकारका भुक्तानी गर्न नपाइने

काठमाडाैँ- राष्ट्र बैंकले क्यासिनो, बिमा तथा डेटिङ लगाएतका सेवाको भुक्तानीमा डलर कार्ड प्रयोगमा प्रतिबन्ध लगाएको छ । राष्ट्र बैंकले वाणिज्य तथा विकास बैंकहरुलाई निर्देशन जारी गर्दै डलर कार्डबाट १८ वटा कोडमा भुक्तानी नहुने व्यवस्था गर्न निर्देशन दिएको हो । कोड नम्बरका आधारमा राष्ट्र बैंकले डलर कार्ड प्रयोग गर्न नपाइने भनेका भुक्तानीका क्षेत्रहरुमा क्यासिनोदेखि अनलाइन जुवासम्म […]

सम्बन्धित सामग्री

३८ हजारले लिए डलर कार्ड, साढे ७ करोड भुक्तानी

सञ्चालनमा आएको करिब १५ महिनामा डलर कार्डमार्फत साढे ७ करोड रुपैयाँ बराबरको भुक्तानी भएको पाइएको छ । नेपाल राष्ट्र बैंकले गत चैत, २०७७ मा एकीकृत निर्देशिका २०७६ संशोधन गर्दै बैंकहरुले प्रतिव्यक्ति ५०० डलरसम्मको डलर कार्ड जारी गर्न पाउने व्यवस्था गरेको थियो । सोही व्यवस्था बमोजिम २०७९ असार मसान्तसम्म ३८ हजार ६६ वटा डलर कार्ड जारी भएको राष्ट्र बैंकले जनाएको हो । जसमार्फत हालसम्म (२०७९ असार मसान्त) कुल ६१ लाख ३३ हजार डलर (करिब साढे ७ करोड रुपैयाँ) विभिन्न शीर्षकमा बाह्य भुक्तानी भएको केन्द्रीय

डलर कार्डमार्फत हुने भुक्तानीमा कडाइ

केन्द्रीय बैंकले डलर कार्डमार्फत हुने भुक्तानीमा कडाइ गरेको छ । मंगलबार एकीकृत परिपत्र २०७८ मा संशोधन गर्दै राष्ट्र बैंकले विभिन्न १८ वस्तु तथा सेवा खरिदमा हुने भुक्तानीमा डलर कार्ड प्रयोग गर्न नपाइने व्यवस्था गरेको हो ।राष्ट्र बैंकले वायर ट्रान्सफर, बिमा सेवा, स्ट्याम्प तथा क्वाइन स्टोर, वित्तीय संस्थालाई भुक्तानी लगायतमा डलर कार्डमार्फत कारोबार गर्न नपाइने व्यवस्था […]

अब डलर कार्डबाट १८ प्रकारका भुक्तानी गर्न नपाइने

काठमाडौँ । राष्ट्र बैङ्कले डलर कार्ड प्रयोग गर्न नपाइने क्षेत्रहरू तोकिदिएको छ । वाणिज्य तथा विकास बैङ्कहरूलाई निर्देशन जारी गर्दै राष्ट्र बैङ्कले तोकेरै डलर कार्डबाट १८  वटा कोडमा भुक्तानी नहुने व्यवस्था गर्न निर्देशन दिएको छ । कोड नम्बरका आधारमा राष्ट्र बैङ्कले डलर कार्ड प्रयोग गर्न नपाइने भनेका भुक्तानीका क्षेत्रहरूमा क्यासिनोदेखि अनलाइन जुवासम्म छन् । त्यस्तै […]

ज्योति विकास बैंकको डलर प्रिपेड कार्ड

ज्योति विकास बैंकले प्रिपेड डलर कार्ड ल्याएको छ । प्रिपेड डलर कार्ड अनलाइनबाटै अवेदन दिन सकिने र अवेदन दिएको १ दिनभित्र भच्युर्चल डलर कार्ड प्राप्त गर्न सक्ने बैंकले जनाएको छ ।प्रिपेड डलर कार्ड सेवा सुरु भएसँगै बैंकका ग्राहकले स्वदेशमै रहेर पनि अन्तर्राष्ट्रिय ई–कमर्स प्लाटफर्ममार्फत सुरक्षित ढङ्गले किनमेल गरी रकम भुक्तानी गर्न सक्ने जनाइएको छ ।

अब ज्योति विकास बैंकबाट पनि प्रिपेड डलर कार्ड सेवा लिन सकिने

ज्योति विकास बैंकले प्रिपेड डलर कार्ड सेवाको सुरुवात गरेको छ । विभिन्न विदेशी अनलाईन माध्यमहरूबाट खरिद गरिने सामग्री तथा सेवाको रकम स्वदेशबाटै भुक्तानी गर्न सकिने गरी बैंकले पहिलो पटक प्रिपेड डलर कार्डको शुभारम्भ गरेको हो ।  योसँगै अब सेवाग्राही ग्राहकहरुले प्रिपेड डलर कार्ड अनलाइनबाटै अप्लाई गरी १ दिनभित्र भर्चुअल डलर कार्ड प्राप्त गर्न सक्नेछन् ।   बैंकले मंसिर...

ज्योति विकास बैंकको प्रिपेड डलर कार्ड सेवा

काठमाडौं (अस) । ज्योति विकास बैंकले विभिन्न विदेशी अनलाइन माध्यमबाट खरिद गरिने सामग्री तथा सेवाको रकम स्वदेशबाटै भुक्तानी गर्न सकिने सुविधा भएको प्रिपेड डलर कार्ड सार्वजनिक गरेको छ । बैंकका ग्राहकले प्रिपेड डलर कार्ड अनलाइनबाटै आवेदन गरी १ दिनभित्रै भर्चुल डलर कार्ड प्राप्त गर्न सक्नेछन् । बैंकले  मंसिर १९ गतेदेखि डिजिटल बैंकिङ सेवालाई थप प्रवर्द्धन गर्दै अनलाइमार्फत विदेशबाट वस्तु तथा सेवा खरिदबापतको भुक्तानी प्रयोजनका लागि अमेरिकी डलरमा आधारित प्रिपेड डलर कार्ड सेवा सुरु गरेको हो । प्रिपेड डलर कार्ड सेवा सुरु भएसँगै बैंकका ग्राहकले स्वदेशमै रहेर अन्तर्राष्ट्रिय ई–कमर्स प्लाटफर्ममार्फत सुरक्षित ढंगले किनमेल गरी रकम भुक्तानी गर्न सक्नेछन् । भिसा नेटवर्कमा आधारित यस कार्डमार्फत ग्राहकले वार्षिक अधिकतम ५०० डलर बराबरको अनलाइन किनमेल गरी भुक्तानी गर्न सक्नेछन् । हाल बैंकले १०५ शाखा, १ एक्सटेन्सन काउन्टर तथा ६२ एटीएममार्फत बैंकिङ सेवा दिँदै आएको छ ।

ज्योति विकास बैंकको प्रिपेड डलर कार्ड सेवा सुरु

ज्योति विकास बैंकले विभिन्न विदेशी अनलाइन माध्यमबाट खरिद गरिने सामग्री तथा सेवाको रकम स्वदेशबाटै भुक्तानी गर्न सकिने सुविधा भएको प्रिपेड डलर कार्ड सेवा सुरु  गरेको छ ।  बैंकका ग्राहकहरूले प्रिपेड डलर कार्ड अनलाइनबाटै...

ज्योति विकास बैंकले शुरु गर्यो प्रिपेड डलर कार्ड सेवा

ज्योति विकास बैंकले प्रिपेड डलर कार्ड सेवाको सुरुवात गरेको छ । विभिन्न विदेशी अनलाईन माध्यमहरूबाट खरिद गरिने सामग्री तथा सेवाको रकम स्वदेशबाटै भुक्तानी गर्न सकिने गरी बैंकले पहिलो पटक प्रिपेड डलर कार्डको शुभारम्भ गरेको हो । योसँगै अब सेवाग्राही ग्राहकहरुले प्रिपेड डलर कार्ड अनलाइनबाटै अप्लाई गरी १ दिनभित्र भर्चुअल डलर कार्ड प्राप्त गर्न सक्नेछन् ।  बैंकले यहि मिति २०७८ साल मंसिर १९ गते देखि डिजिटल बैंकिङ सेवालाई लाई थप प्रबद्र्धन गर्दै अनलाइनमार्फत विदेशबाट वस्तु तथा सेवा खरिद वाप

एनआईसी एशियाको प्रिपेड डलर कार्ड अनलाइनमार्फत

एनआईसी एशिया बैंकले विभिन्न विदेशी अनलाइन माध्यमहरूबाट खरिद गरिने सामग्री तथा सेवाको खरिद रकम स्वदेशबाटै भुक्तानी गर्न सकिने सुविधा भएको प्रिपेड डलर कार्ड अनलाइनबाटै आवेदन दिन सकिने सुविधा ल्याएको छ ।यो सुविधा ग्राहकले जुनसुकै स्थानबाट एवं जुनसुकै समयमा आफ्नो मोबाइल, ल्यापटप वा कम्प्युटर प्रयोग गरी बैंकको वेबसाइट तथा मोबाइल बैंकिङ एपमा रहेको प्लेटफर्ममार्फत उपभोग गर्न […]

एनएमबी बैंकको भर्चुअल अन्तर्राष्ट्रिय प्रिपेड डलर कार्ड

काठमाडौं (अस) । एनएमबी बैंकले अन्तर्राष्ट्रिय प्रिपेड डलर कार्ड जारी गरिरहेको बताएकोे छ । तर, वर्तमान असामान्य परिस्थिति र सुरक्षालाई ध्यानमा राखी ग्राहकलाई घरमै बसेर पनि भर्चुअल डलर कार्ड लिने सुविधा मिलाएको छ । बैंकमा आफ्नो प्यान कार्ड र नागरिकतासहित अन्तर्राष्ट्रिय प्रिपेड डलर कार्डका लागि अनलाइनबाटै आवेदन दिई विदेशबाट पाइने सेवा जस्तै नेटफ्लिक्स, अमेजन, पेपाल, शिक्षालगायत सामाजिक सञ्जालमार्फत पनि आफ्नो व्यवसायलाई आफ्नै कार्डबाट भुक्तानी गरी प्रवद्र्धन गर्न सकिने बैंकले जानकारी दिएको छ । हाल बैंकले १८१ शाखा, १३६ एटीएम, ९ एक्सटेन्सनबाट बैंकिङ सेवा दिँदै आएको छ ।